
उपराष्ट्रपति पदका लागि मतदान जारी छ । नयाँ बानेश्वरको संसद भवनस्थित ल्होत्से हलमा उपराष्ट्रपति पदका लागि मतदान प्रक्रिया शुरु भएको हो । मतदान प्रक्रिया बिहान १० बजेबाट सुरु भएको छ ।
मतदान दिउँसो ३ बजेसम्म चल्नेछ। २५ फागुनमा रामचन्द्र पौडेललाई राष्ट्रपति चुनेको एक सातापछि उपराष्ट्रपतिको चुनाव भएको हो । उपराष्ट्रपति पदका लागि तीनजना प्रतिस्पर्धामा छन् । संसद भवनस्थित ल्होत्से हल परिसरमा देखिएको दृश्य :