Skip This
भारतबाट पेट्रोलियमको मूल्य घटेर आयो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ३ शुक्रबार
  • Friday, 26 July, 2024
२o७९ चैत ३ शुक्रबार ११:o९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भारतबाट पेट्रोलियमको मूल्य घटेर आयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत ३ शुक्रबार ११:o९:oo

नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थ खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन (आइओसी)ले बिहीबारदेखि लागू हुने गरी तेलको नयाँ बिक्रीदर पठाएको छ । नयाँ मूल्य सूचीमा प्रतिलिटर पेट्रोल ८६ पैसा र डिजेल एक रुपैयाँ ५० पैसा घटेर आएको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्न थालेकाले आइओसीले पठाउने बिक्रीदर पनि घटाएर पठाउन थालेको हो । आइओसीले योसहित चारपटक पेट्रोलको र तीनपटक डिजेलको भाउ घटाएर पठाइसकेको छ । तर, निगमले भने डेढ वर्षअघिदेखिको बक्यौता रकम देखाएर नेपाली बजारमा मूल्य समायोजन गर्न मानेको छैन ।

निगमले १५ दिनअघि पनि आइओसी र सरकारको बक्यौता करिब १६ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको कारण देखाउँदै मूल्य समायोजन गर्न नसकेको जानकारी दिएको थियो । आइओसीबाट मूल्य बढेर आउनासाथ घाटा थेग्न नसक्ने भन्दै निगमले मूल्य बढाउने गरेको छ । तर, घटेर आएको मूल्यअनुसार नेपाली बजारमा समायोजन गर्न भने प्रत्येकपटक आनाकानी गर्दै आएको छ ।