१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
बिबिसी
२०७९ चैत २ बिहीबार १०:१३:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

चीनमा धमाधम ‘गायब’ हुँदै अर्बपति

चीनको हाई–प्रोफाइल अर्बपतिमध्येका एक ज्याक माले चिनियाँ सरकारको खुलेआम आलोचना गरेपछि उनी ‘गायब’ भए

Read Time : > 2 मिनेट
बिबिसी
२०७९ चैत २ बिहीबार १०:१३:००

अमेरिकासँगको व्यापार युद्ध होस् या कोरानोको उद्गमस्थल, सस्तो सामान होस् या प्रविधि उपयोगका अन्य कारण, वा राजनीतिक कारणले होस् या भूराजनीतिक कारणले, चीन सधैँ चर्चामा रहन्छ । तर, त्यही चीनमा केही समययता अर्बपतिहरू धमाधम गायब भइरहेका छन् । यतिवेला सी जिनपिङ लगातार तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति चुनिएका छन् । उनै सीले शासनसत्ता सम्हालेयता अर्बपति हराउने घटना घटिरहेका छन् । यसरी चीनमा गायब हुने सूचीमा उद्योगपति, कारोबारी, कलाकार र पत्रकार आदि छन् । 

पछिल्लो समय हराइरहेका अर्बपति हुन्, बाओ फ्यान । केही समयअघि ई–कमर्स कम्पनी अलिबाबाका संस्थापक अर्बपति ज्याक मा पनि अचानक गायब भएका थिए । आइटी उद्योगका सम्झौताकर्ता फ्यान गत महिनादेखि हराएको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । उनी हराएसँगै फेरि एकपटक चीनमा अचानक हराइरहेका अर्बपतिमाथि विश्वले चासो दिएको छ ।

चाइना रिनेन्सा होल्डिङ्सका संस्थापक बाओलाई चीनमा प्रविधि क्षेत्रका दिग्गजका रूपमा हेरिन्छ । उनले यो कम्पनी सन् २००५ मा सुरु गरेका थिए । केही हप्तायता बाओको कुनै अत्तोपत्तो नभएपछि उनको कम्पनी रिनेन्साले हङकङ स्टक एक्सचेन्जलाई यसबारे जानकारी दिएको थियो । कम्पनीका अनुसार निकै कोसिस गर्दा पनि बाओयानसँग सम्पर्क हुन सकिरहेको छैन । उनी हराएको खबर बाहिरिएसँगै कम्पनीको सेयरमा ५० प्रतिशतसम्मको गिरावट आएको थियो । चीनमा भ्रष्टाचारविरुद्धमा छानबिन चलिरहेको छ । यसले चीनका सात खर्ब डलरभन्दा बढीको आर्थिक सेक्टरलाई ठूलो झड्का लागेको छ । 

किन हराउँदै छन् उद्योगपति ? :  चीनमा अर्बपति हराउने घटना एकपछि अर्को गरी बढ्दै गइरहेको छ । यसको एउटा कारण हो, सरकारको आलोचना । जसले चीन सरकारको आलोचना गर्छ, ऊ हराउँछ । पछिल्लो दिनमा रेन झिकियाङले चिनियाँ राष्ट्रपति सीको आलोचना गरेका थिए । त्यसको केही दिनपछि उनी हराए । पछि उनलाई १८ वर्षको सजाय सुनाइयो । 

यस्तै, सन् २०१५ मा फोसुन इन्टरनेसनल ग्रुपका अध्यक्ष अर्बपति गुओ गुआङचाङ पनि यसैगरी हराए । उनलाई चीनको ‘वारेन बफेट’ भनिन्थ्यो भने पश्चिमा उनलाई इंग्लिस प्रिमियर लिग फुटबल क्लब वोल्भरह्याम्पटन वन्डसर्सको स्वामित्वकर्ता भनेर चिन्थे । सो वर्षमा मात्रै कम्तीमा पाँच अधिकारी सम्पर्कविहीन बनेका थिए । त्यसको दुई वर्षपछि अर्थात् सन् २०१७ मा चिनियाँ मूलका क्यानेडियन उद्योगपति जिआओ जिन्हुवा हङकङको एक होटेलबाट पक्राउ परे । उनी चिनका धनाढ्यमध्ये एक थिए, जसलाई भ्रष्टाचारको आरोपमा जेल सजाय दिइएको थियो । 

सन् २०१२ मा राष्ट्रपतिका रूपमा सत्ता सम्हालेपछि सी जिनपिङले भ्रष्टाचारविरोधी अभियान सुरुवात गरे । अभियान राम्रो हुँदाहुँदै पनि यसले चीनमा आतंक मच्चाएको छ । यसै अभियानअन्तर्गत अहिलेसम्म लाखौँमाथि छानबिन गरिएको छ ।

अर्का अर्बपति ज्याक माले पनि चीन सरकारले कारोबारमा प्रतिबन्ध लगाएको आरोप लगाएका थिए । उनले सरकारको खुलेआम आलोचना गरेका थिए । त्यसपछि उनी पनि रेन र गुओझैँ हराए । चीनको हाई–प्रोफाइल अर्बपतिमध्येका एक हुन्, ज्याक । 

उनी हराएसँगै फाइनान्सियल टेक्नोलोजीको लोकप्रिय एन्ट ग्रुपको सेयर सूचीकरणलाई रोक्नुप¥यो । सामान्य समृद्धि (कमन प्रोस्परिटी) फन्डमा झन्डै १० अर्ब डलर दान गरेपछि उनी दुई वर्षयता चीनमा देखिएका छैनन्, न उनीमाथि कुनै अपराधको आरोप नै लगाइएको छ । 

ज्याक पछिल्लोपटक कहाँ देखिएका थिए भन्ने पनि स्पष्ट छैन । यद्यपि, हालसालै मात्र जापान, थाइल्यान्ड र अस्ट्रेलियामा देखिएको विषय आइरहेको छ । चीन सरकारले भने देशका केही धनाढ्यमाथि गरिएको छानबिन र कारबाही विशुद्ध रूपमा कानुनी भएको बताएको छ । साथै, भ्रष्टाचारलाई जरैदेखि उन्मूलन गर्ने संकल्प लिएको उसको भनाइ छ । तर, बेइजिङको यस्तो कारबाही उदारीकरणको दशकौँको पृष्ठभूमिमा पनि आउँछ, जुन अहिले विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो । चीनको भ्रष्टाचारविरुद्धको कडा नीतिले अहिले त्यहाँका उद्योगपति त्रसित छन् । बाओको कम्पनीका अध्यक्ष कोङ लिनमाथि पनि भ्रष्टाचारको आरोप लागेको थियो ।

सीको भ्रष्टाचारविरोधी अभियान :  सन् २०१२ मा राष्ट्रपतिका रूपमा सत्ता सम्हालेपछि उनले भ्रष्टाचारविरोधी अभियान सुरुवात गरे । यो अभियान राम्रो हुँदाहुँदै पनि यसले चीनमा आतंक मच्चाएको छ । यसै अभियानअन्तर्गत अहिलेसम्म लाखौँमाथि छानबिन गरिएको छ । सेनाका जवान, सरकारी विभागका कर्मचारी र उद्योगपतिलगायत थुप्रैलाई सजाय दिइएको छ । सन् २०१७ सम्म भ्रष्टाचारको मुद्दामा दुई लाख १० हजारभन्दा बढीलाई सजाय दिइसकेको थियो । 

कसले गर्दै छ छानबिन ? :  पछिल्लो समय हराइरहेका बाओमाथि कसले छानबिन गरिरहेको छ भन्ने कुनै खबर छैन, न त उनी कहाँ छन् भन्ने नै कसैलाई जानकारी छ । ज्याक मा, बाओ फ्यानलगायतका चिनियाँ उद्योगपति एकपछि अर्को हराउन थालेपछि रहस्य पटाक्षेप भएको हो ।