Skip This
दोहोरो अंकले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३० मंगलबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ बैशाख ३० मंगलबार १५:३o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

दोहोरो अंकले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ बैशाख ३० मंगलबार १५:३o:oo

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक १४.८७ अंकले घटेर दुई हजार ६३४.२३ को विन्दुमा कायम भएको हो ।

आज ३१४ कम्पनीको दुई करोड १८ लाख २८ हजार २३१ कित्ता सेयर एक लाख दुई हजार ४४५ पटक खरिदबिक्री हुँदा रु. नौ अर्ब ६३ करोड ४८ लाख १२ हजार ६१२ बराबरको कारोबार भएको छ ।

विकास बैंक समूह ०.८८, जीवन बिमा ०.९५ र उत्पादन तथा प्रशोधन समूह ०.३४ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । बैंकिङ ०.३०, वित्त १.९१, होटेल तथा पर्यटन २.२१, जलविद्युत् १.१८ र लगानी समूह ०.७९ प्रतिशतले घटेको छ । 

त्यसैगरी, लघुवित्त ०.६९, म्युचुअल फन्ड ०.१८, निर्जीवन बिमा समूह ०.५९, व्यापार २.४६ र अन्य समूह ०.६० प्रतिशतले घटेको छ ।

आजको कारोबारमा क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड र ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ७.९३ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज युनिभर्सल पावर कम्पनी लिमिटेड सबैभन्दा माथि छ । यो कम्पनीको रु. ६७ करोड २० लाख ८५ हजार ८० बराबरको १५ लाख ४६ हजार ४८९ कित्ता सेयर किनबेच भएको छ ।