१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत २ बिहीबार ०८:४६:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सडकपेटीमा व्यापार गर्नेमाथि भक्तपुर नगरपालिकाको  कारबाही

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत २ बिहीबार ०८:४६:००

भक्तपुर नगरपालिकाले अखाद्य सामान बिक्री र फुटपाथ, सडकपेटी ओगटेर व्यापार गर्नेमाथि कारबाही अभियान चलाएको छ । यही क्रममा बुधबार नगरपालिकाको अनुगमन टोलीले मुख्य सडक किनार तथा फुटपाथमा व्यापार गर्ने र म्याद गुज्रिएका अखाद्य वस्तु बिक्री गर्नेमाथि कारबाही गरेको छ ।

टोलीले फुटपाथ ओगटेर व्यापार गर्नेहरूको सामान जफत गरेको छ । रिकन्डिसनको नाममा सडक किनार तथा फुटपाथमा पार्किङ गरिएको मोटरसाइकल पनि नगरपालिकाले नियन्त्रणमा लिएको छ । यसअघि नगरपालिकाले उनीहरूलाई पटक–पटक निर्देशन दिएको थियो । नगर प्रहरी तथा अनुगमन समितिका संयोजक राजकृष्ण गोराको टोलीले घलाते र चुनदेवी सडकपेटीमा सामान बेच्न बसेका २५ वटा पसलको सामान र तीनवटा मोटरसाइकल जफत गरेको छ ।

सडक छेकेर रिकन्डिसन सञ्चालन गरेको भन्दै ब्रदर्स रिकन्डिसन हबबाट नगरपालिकाले मोटरसाइकल नियन्त्रणमा लिएको हो । ख्वप हार्डवेयर प्रालि, अमरबत्ती इन्टरप्राइजेज प्रालि, खोटाङ खाजाघर, युनिस्टल ट्रेडर्स, बागमती आर्ट्स, आरबी निर्माण सप्लायर्स, एभरेस्ट अटो टेक एन्ड सप्लायर्सलगायतलाई तीन दिनभित्र दर्ता नवीकरण गर्न अनुगमन टोलीले निर्देशन दिएको छ ।

यस्तै, बजारमा अखाद्य तथा म्याद गुज्रेका वस्तु बिक्री–वितरण गर्नेमाथि पनि कारबाही गरिएको छ । कृष्ण किराना पसल, श्रीलाल कोसवारको ग्रिल पसल तथा वर्कसप, रिचा भुसालको किराना पसलमा राखिएको सामान अखाद्य भेटिएपछि जफत गरी नष्ट गरिएको नगरपालिकाले जनाएको छ ।