१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २९ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २९ सोमबार १६:३७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्सेमा लगातार गिरावट  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २९ सोमबार १६:३७:oo

पुँजीबजारमा यो साता कारोबारको लगातार दोस्रो दिन पनि गिरावट देखिएको छ।

हिजो आइतबार २६.८० अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज २४.६८ अंकले घटेको हो। आजको कारोबारपछि नेप्से परिसूचक एक हजार नौ सय ५१.२१ विन्दुमा कायम भएको छ।

आज दुई सय ५६ कम्पनीको ३३ लाख ६९ हजार एक सय ३६ कित्ता सेयर २६ हजार आठ सय ५० पटक खरिद–बिक्री हुँदा रु. एक अर्ब १६ करोड २५ लाख तीन हजारबराबरको कारोबार भएको छ। 

आज सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै जीवन बिमा समूहको उपसूचक १६५.०१ अंकले घटेको छ। त्यस्तै, निर्जीवन बिमा समूहको उपसूचक ८२.७४ अंकले र लघुवित्त समूहको उपसूचक ६० .८४ अंकले घटेको छ।

बैंकिङ समूह २०.३६, विकास बैंक समूह ३७.२२, वित्त समूह १३.८९, होटेल तथा पर्यटन समूह २५.१० र जलविद्युत् समूह १६.३५ अंकले घटेको छ। 

त्यसैगरी, लगानी समूह ०.६२, उत्पादन तथा प्रशोधन समूह ४४.१२, व्यापार समूह ३०.६१ र अन्य समूह १३.७४ अंकले घटेको नेप्सेले जनाएको छ। 

आज सबैभन्दा धेरै शुभम् पावर लिमिटेडको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ भने खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ७.६२ अंकले घटेको छ।

आज एनआइसी एसिया बैंक लिमिटेडको रु. ६ करोड २४ लाख ५६ हजार सात सय ४५ बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा अरुण भ्याली हाइड्रोपावर लिमिटेडको एक लाख ६७ हजार पाँच सय ३९ कित्ता सेयर किनबेच भएको छ।