Skip This
गोरखा मिनीट्रक दुर्घटना : एकको मृत्यु, सात घाइते [अपडेट]
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २९ सोमबार
  • Friday, 26 July, 2024
२o७९ फाल्गुण २९ सोमबार १६:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोरखा मिनीट्रक दुर्घटना : एकको मृत्यु, सात घाइते [अपडेट]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण २९ सोमबार १६:१२:oo

गोरखा सदरमुकाममा सोमबार दिउँसो १ बजे भएको मिनीट्रक दुर्घटनामा एकको मृत्यु भएको छ।

गोरखा अस्पतालमा उपचारको क्रममा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। मृतकको नाम खुल्न नसकेकाे डिएसपी लीलाराज लामिछानेले बताए।

सवारी दुर्घटनामा गम्भीर घाइते हुनेहरूमा बर्दिया घर भएका मंगल चौधरी, दोलखा घर भई हाल राष्ट्रिय वाणिज्य बैंक गोरखा शाखामा कार्यरत विष्णु खड्का, ठेगाना नखुलेका बुद्धि नेपाली छन्। उनीहरू तीनैजनालाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

त्यस्तै, अन्य घाइतेहरूमा सहिदलखन गाउँपालिका– ७ की रमला रानामगर र लालबहादुर गुरुङ, गोरखा नगरपालिका– १० छेपेटारकी सावित्री विक, सहिद लखनकै नारायण भुजेल रहेका छन्। उनीहरूको गोरखा अस्पतालमा नै उपचार भइरहेको छ।

प्रदेश नं.३ ०१–००३–६१७० नम्बरको मिनीट्रक गोरखा बजारको बिसौनीमोडबाट पल्टेर जिल्ला ट्राफिक प्रहरी कार्यालयसम्म पुगेको थियो। ट्रकसँगै बा.८६ प १७८६ नम्बरको मोटरसाइकलाई समेत लतारेर लगेको थियो।  

आरुघाटबाट तरकारीलगायतका सामान लिन मिनीट्रक धनी उमेश श्रेष्ठ गोरखा बजार आएका थिए। प्रहरीका अनुसार चालक आफैँले चलाएको सो ट्रक दुर्घटना भएको थियो। ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान भए पनि थप जानकारी नभएको डिएसपी लामिछानेले जानकारी दिए।