१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २९ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २९ सोमबार १२:११:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

प्रतितोला ६ सयले बढ्यो सुन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २९ सोमबार १२:११:oo

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु. ६ सयले बढेको छ। 

अघिल्लो दिन प्रतितोला रु. एक लाख तीन हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज रु. एक लाख चार हजार एक सय तोकिएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख तीन हजार ६ सय छ। यसको मूल्य अघिल्लो दिनको मूल्य रु. एक लाख तीन हजार थियो। 

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १० वृद्धि भई रु. एक हजार दुई सय ५५ पुगेको महासंघले जनाएको छ। 

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।