१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २९ सोमबार
  • Sunday, 29 September, 2024
२o७९ फाल्गुण २९ सोमबार ११:४४:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

जिम सुरु गर्दा...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण २९ सोमबार ११:४४:oo

डाक्टरसँग परामर्श : तपाईंको शरीरमा कुनै समस्या छ वा छैन भनेर पहिचान गर्न जरुरी छ । त्यसैले व्यायाम सुरु गर्नुअघि एकपटक आफ्नो स्वास्थ्य जाँच गर्नुहोस् । कतिपय रोग लागेका मानिसले जिम गर्नुको साटो ती रोगविशेषको व्यायाम गर्नु राम्रो हुन्छ । 

हतारो नगर्नुस् :  तपाईंको शरीर एकै दिनमा फिट हुँदैन । यसका लागि लामो धैर्य र अभ्यास जरुरी हुन्छ । त्यसैले जिममा चाँडै धेरै गर्ने प्रयास नगर्नुहोस् । त्यहाँ रहेका उपकरणहरू सही रूपमा कसरी प्रयोग गर्ने भनेर ट्रेनरसँग सोध्नुस् । बिस्तारै वर्कआउट गर्नुस् । कति समयभित्र आफ्नो गति बढाउने भनेर एउटा योजना बनाउनुस्, त्यसलाई फलो गर्नुस् । 

फिटनेसको समीक्षा :  जिम गएको सुरुवाती महिनामा के–कस्तो उपलब्धि भयो, तपाईंको लक्ष्य के थियो, कति क्यालोरी बर्न भयो वा तपाईंको शारीरिक स्वास्थ्य कति सुधार भयो, यी कुराको समीक्षा गर्नुस् । 

हाइड्रेटेड रहनुहोस् :  जिम जानेले पर्याप्त पानी पिउनुपर्छ । जिम जानुअघि र फर्किसकेपछि पनि प्रशस्तै पानी पिउनुस् । अन्डा, फलफूल, माछा–मासुलगायत उच्च प्रोटिनयुक्त पौष्टिक तत्व लिनुस् । आठ घन्टा आरामले निदाउनुस् । किनकि, तौल उचालेर मात्रै शरीर बन्दैन । तपाईंले जिम गइसकेपछि यसलाई निरन्तरता दिन जरुरी छ । छोटो समयमा मसल्स बिल्डअप गर्ने होइन, लामो समयसम्म स्वस्थ र फिट रहनेबारे सोच्नुस् ।