१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o९:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

इरान–साउदीबीच कूटनीतिक सम्बन्ध पुनर्स्थापना गर्ने सम्झौता

शीतयुद्धको अन्त्यपछि चुनौतीहीन महाशक्ति बनेको अमेरिकाको हैसियतमा धक्का

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:o४:oo

लामो समयदेखि शत्रुतापूर्ण रहेका इरान र साउदी अरेबियाबीच कूटनीतिक एवं राजनीतिक सम्बन्ध पुनस्र्थापित गर्ने सम्झौता भएको छ । बेइजिङमा शुक्रबार सम्पन्न वार्ताका क्रममा साउदी अरब र इरान कूटनीतिक सम्बन्ध पुनर्स्थापना गर्न र दुवै मुलुकमा दुई महिनाभित्र आ–आफ्ना दूतावासहरू खोल्न सहमत भएका हुन् । सम्झौतामा एकले अर्काे देशको सार्वभौमसत्ताको सम्मान गर्ने र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने पनि उल्लेख गरिएको छ । उनीहरूको वार्तालाई बेइजिङले आयोजना गरेको जनाइएको छ । 

इरानी सरकारी सचारमाध्यमले इरानको सर्वाेच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अलि समखानीले साउदी अरबमा राष्ट्रिय सुरक्षा सल्लाहकार बिन मोहम्मद अल ऐबानसँग हात मिलाउदै गरेको र चीनका वरिष्ठ कूटनीतिज्ञ वाङ उनीहरूको बीचमा उभिएको तस्बिर र भिडियो सार्वजनिक गरेका छन् । यी दुई देशबीच लामो समयदेखि रहेको समास्या समाधानमा चीनले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको बताइएको छ ।

चीनको भूमिकालाई सम्झौता घोषणा हुनुअघि सार्वजनिक नगरी गोप्य नै राखिएको थियो । वाङले यस्ता जल्दाबल्दा मुद्दाको समाधान गर्नमा चीन सबै रचनात्मक भूमिका निर्वाह गर्न र एक प्रमुख राष्ट्रको रूपमा जिम्मेवारी वहन गर्न सधैँ तत्पर रहने प्रतिक्रिया दिएका छन् । उनले असल मनसायसहितको भरपर्दाे मध्यस्थकताको रूपमा चीनले वार्ता आयोजकको कर्तव्य निर्वाह गरेको पनि बताए । 

सम्झौताले शीतयुद्धको अन्त्यपछि चुनौतीहीन महाशक्ति बनेको अमेरिकाको त्यो हैसियत कसरी समाप्त हुँदै गएको संकेत वासिङ्टन डिसीस्थित सेन्टर फर इन्टरनेसनल पोलिसीकी गैरआवासीय वरिष्ठ फेलो सिना तुसीले बताइन् । गत शताब्दीको झन्डै तीनचौथाई हिस्सा मध्यपूर्वको प्रमुख बाह्य शक्ति रहँदै आएको अमेरिकाले यस प्रकरणमा पाखा लागेको पाएको छ । उता यस क्षेत्रमा वर्षौँदेखि सहायक भूमिकामा रहेको चीन अचानक नयाँ शक्तिको रूपमा देखापरेको छ । 

ad
ad