१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काटमाडौं
२o८१ जेठ ३ बिहीबार ११:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राष्ट्रपति निर्वाचन अपडेट : अहिलेसम्म ४२१ मत खस्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काटमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार ११:५९:oo

नयाँ राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतदान जारी छ।  ११ः४५ सम्म चार सय २१ मत खसेको छ। जसमा प्रदेशतर्फ दुई सय १९ र संघतर्फ दुई सय दुई मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म जारी रहनेछ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा संघीय सांसद र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ।

राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र आठदलीय गठबन्धनबाट रामचन्द्र पौडेल उम्मेदवार छन्। 

निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार उम्मेदवार निर्वाचित हुन कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्छ । ५० प्रतिशत मत कटाउन नसके पुनः निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ।     

मतदान सकिएलगत्तै आवश्यक प्रक्रिया पूरा गरेर आजै मतगणना सुरु गरिनेछ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अन्नपूर्ण स्काई लाइट हलमा थालिने मतगणनाको परिणाम ढिलोमा आजै साँझ ७ बजेभित्र घोषणा गर्ने तयारी छ। 
    
     

ad
ad