मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ फाल्गुण २४ बुधबार
  • Friday, 14 August, 2026
२o७९ फाल्गुण २४ बुधबार १२:१५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रभु इन्स्योरेन्सको ७.०५ प्रतिशत लाभांश पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण २४ बुधबार १२:१५:oo

प्रभु इन्स्योरेन्स लिमिटेडले सेयरधनीका लागि वितरण प्रस्ताव गरेको ७ दशमलव शून्य ५ प्रतिशत लाभांश पारित भएको छ । कम्पनीको २७औँ वार्षिक साधारणसभाले मंगलबार ६ दशमलव ७ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गरेको हो । 

साधारणसभाले आव ०७८/७९ को आर्थिक प्रतिवेदन पनि पारत गरेको जनाइएको छ । साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष कुसुम लामाले कम्पनीले व्यवसाय वृद्धिसँगै संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्दै समग्र रूपमा बिमा क्षेत्रमा देखिने जोखिमलाई व्यवस्थापन तथा न्यूनीकरण गर्नेतर्फ ध्यान दिई कार्य अगाडि बढाइरहेको बताए ।

कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजसँग प्रत्यक्ष जोडिएर काम गर्ने र समुदायहरूको दिगो आर्थिक र सामाजिक विकासको प्रवद्र्धन तथा उत्थानमा अग्रसर हुने नीतिलाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको र यसलाई भविष्यमा पनि निरन्तरता दिइने उनको भनाइ थियो । 

साधारणसभामा विभिन्न सेयरधनीले आफ्नो मन्तव्य, जिज्ञासा र सुझाव प्रस्तुत गर्दै कम्पनीको समग्र प्रगति सन्तोषजनक रहेको बताएको कम्पनीले जनाएको छ । त्यस्तै, वार्षिक साधारणसभामा पेस भएका सामान्य तथा विशेष प्रस्तावहरू बहुमतले पारित भएको जनाइएको छ ।