१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस/सिन्ह्वा संयुक्त राष्ट्रसंघ
२०७९ फाल्गुण २३ मंगलबार ११:५०:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

लैंगिक समानताका लागि काम गर्न राष्ट्रसंघीय महासचिवको आग्रह

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा संयुक्त राष्ट्रसंघ
२०७९ फाल्गुण २३ मंगलबार ११:५०:००

राष्ट्रसंघीय  महासचिव एन्टोनियोग गुटरेसले महिला समानताका लागि काम गर्न आग्रह गरेका छन् । उनले अहिले पनि लैंगिक विभेद रहेको र महिला र पुरुषबीचको समानताबीच खाडल (ग्याप) रहेकाले यसलाई समान गराउने क्षेत्रमा अझै काम गर्नुपर्नेमा जोड दिएका हुन् । 

उनले अहिले महिला र पुरुषबीच देखिएको खाडललाई कम गर्नका लागि विज्ञान र प्रविधिका क्षेत्रमा उनीहरूलाई पनि सहभागी गराएर काम गर्नुपर्नेमा जोड दिए। अहिले पनि महिलाको पहुँच विज्ञान र प्रविधिका क्षेत्रमा कम देखिएकोले यस क्षेत्रमा उनीहरूको पनि समान पहुँच कायम गर्न सकेमा यसले लैंगिक समानता कायम गर्न सहयोग पुग्ने उनले बताए । 

विश्वमा महिलाको अवस्थासम्बन्धी राष्ट्रसंघीय एक आयोगको सत्रलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् । यही मार्च ८ मा विश्वभर मनाइने अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजित सो कार्यक्रममा उनले यी धारणा राखेका हुन् । यस वर्षको सो दिवस महिलालाई पनि विज्ञान र प्रविधिका क्षेत्रमा समान पहुँच दिनुपर्ने अवधारणाका साथ मनाइँदै छ ।