१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २१ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २१ आइतबार १६:२o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

रेमिट्याप वालेटमा स्मार्ट क्युआरमार्फत भुक्तानी सेवाका लागि एससिटी र माछापुच्छ्रे बैंकबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २१ आइतबार १६:२o:oo

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र माछापुच्छ्रे बैंकबीच बैंकको ‘रेमिट्याप वालेट’मा स्मार्ट क्युआरमार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ ।

सम्झौतापत्रमा एससिटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजू र बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापाले हस्ताक्षर गरेका छन् । यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्ने दुवै कम्पनीको अपेक्षा छ ।

सम्झौतापछि रेमिट्याप प्रयोगकर्ताले रेमिट्यापमार्फत स्मार्ट क्युआर मर्चेन्टहरूलाई भुक्तानी गर्न सक्नेछन् । इएमभी स्ट्यान्डर्डमा जारी गरी फाइनान्सियल स्विचमार्फत कारोबारको भुक्तानी तथा फर्स्याेट गर्ने भएकाले स्मार्ट क्युआरमार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो मानिन्छ ।