मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १९ शुक्रबार
  • Tuesday, 07 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण १९ शुक्रबार १७:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आठ दलीय गठबन्धनले देशलाई निकास दिन्छ : सांसद बस्नेत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण १९ शुक्रबार १७:o९:oo

नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले पुस १० गतेको राजनीतिक कोर्ष करेक्सन भइसकेकाले अब नयाँ समझदारीका साथ दलहरू अघि बढ्ने बताएका छन् ।

सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा पूर्वमन्त्री बस्नेतले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसहितको गठबन्धनबीचको राजनीतिक समझदारीले देशलाई निकास दिने दाबी गरे ।

राष्ट्रिय राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएको उल्लेख गर्दै उनले सम्हालिएर अघि बढ्नका लागि उत्साह र राजनीतिक निकासका लागि उच्च सुझबुझ राख्नुपर्ने बेला आएको बताए ।

‘कांग्रेस पार्टी र सभापति शेरबहादुर देउवाजीले दूरदर्शिता राख्नुभयो  । हामीले राजनीतिक निकासका लागि दिशानिर्देश गर्ने, संवाद गर्ने र देशको अहिलेको आवश्यकतालाई बोध गरेर रुपान्तरणको बाटोमा अघि बढ्न प्रेरित गरेपछि अब देशले निकास पाउने आशा जागेको हो,’ उनले भने ।

पूर्वमन्त्री बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको सम्बोधनका क्रममा पहिलेका त्रुटी सच्याएर जाने, संविधानको अक्षरसः पालना गर्ने र सबैलाई मिलाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेपछि कांग्रेसले सहकार्यको प्रस्ताव अघि बढाएको बताए ।