मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १९ शुक्रबार
  • Saturday, 15 March, 2025
२o७९ फाल्गुण १९ शुक्रबार १३:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेको नेतृत्वविना देशको अर्थतन्त्र सुधार हुन्न : डा. राजन भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण १९ शुक्रबार १३:२५:oo

नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले राष्ट्रपतिको निर्वाचनका लागि बनेको गठबन्धनबाट मुलुकले विकास र स्थायित्व नपाउने दाबी गरेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले अर्थतन्त्र ध्वस्त पारेको भन्दै पुनः मुलुकमा आर्थिक संकट पैदा हुने अवस्था बनेको उनले बताए।

एमालेले थालेको दुईमहिने संगठन सुदृढीकरण अभियान (मिसन ग्रासरुट)को विषयमा जानकारी गराउन प्रेस चौतारीको आयोजनामा शुक्रबार भएको पत्रकार भेटघाट कार्यक्रममा उनले नयाँ गठबन्धनको स्वार्थहरूलाई घरघरमा पुर्‍याउने दाबीसमेत गरे।

उनले भने, ‘सेयर बजार घटेको छ। देउवा नेतृत्वको सरकारले अर्थतन्त्र संकटमा पारेको छ। एमालेको नेतृत्वविना देशको अर्थतन्त्र सुधार नहुने संकेत देखापरेको छ।’

एमाले अध्यक्ष केपी ओलीले गत फागुन ५ गते उद्घाटन गरेर सुरु गरेको ‘मिसन ग्रासरुट’ अभियान देशभरका सबै तहमा सुरु भएको नेकपा एमालेले जनाएको छ।