१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o६:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सिभिल अस्पतालको सेवा प्रवाहमा सुधार गर्न निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:५६:oo

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामती सेवा अस्पताल (सिभिल अस्पताल) को निरीक्षण गरेका छन् । सोमबार मन्त्री मोदीले अस्पताल पुगेर अस्पतालको भौतिक संरचना, सेवा प्रवाह, सरसफाइको अवस्थाबारे निरीक्षण गरेका हुन् । उनले अस्पतालको सेवा प्रवाहमा उल्लेख्य सुधार गर्न निर्देशन दिए । मुख्यगरी, अस्पतालले आकस्मिक सेवा प्रवाहमा सुधार गर्नुपर्ने उनको भनाइ थियो ।

‘यहाँको आकस्मिक सेवा प्रवाहको सन्दर्भमा धेरै गुनासा छन्,’ मोदीले भने, ‘आकस्मिक सेवा प्रवाहको सन्दर्भमा उल्लेख्य सुधार गर्न आवश्यक छ, त्यतातिर तपाईंहरूको ध्यान जाओस् ।’ मन्त्री मोदीले चिकित्सक र नर्सहरूको व्यवहार र बोलीले पनि बिरामीको मनोबल वृद्धि हुने भएकाले सेवाग्राहीसँग राम्रो व्यवहार गर्नसमेत निर्देशन दिए । 

सेवाग्राहीसँग चमेनागृहमा सँगै खाना खाएका मन्त्री मोदीले चमेनागृहको सरसफाइमा ध्यान दिन पनि निर्देशन दिए । ‘यहाँको चमेनागृह, चर्पी र अस्पताल परिसरको सरसफाइमा पनि विशेष रूपले ध्यान दिनुहोला,’ उनले भने । निरीक्षणको क्रममा अस्पतालका डाक्टर, नर्स र कर्मचारीले अस्पतालको नीतिगत, प्रशासनिक र संस्थागत सुधारका सम्बन्धमा समस्या राखेका थिए । 

ad
ad