१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १५ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण १५ सोमबार १७:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सशस्त्र प्रहरीका ११ डिआइजी र ११ एसएसपीको सरुवा [सूचीसहित]

चार डिआइजीको पदस्थापन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण १५ सोमबार १७:१८:oo

सशस्त्र प्रहरी बलका ११ डिआइजीको सरुवा भएको छ भने गत साता बढुवा भएका सातजनाको पदस्थापन भएको छ। सरुवा र पदस्थापनमा आठै बाहिनीका प्रमुखहरू हेरफेर भएका छन्। 

बराह बाहिनी सुनसरीमा अञ्जनीकुमार पोखरेल, छिन्नमस्ता बाहिनी महोत्तरीमा दीपेन्द्र शाह, पशुपतिनाथ बाहिनी, काठमाडौंमा पुरुषोत्तम थापालाई जिम्मेवारी दिइएको छ।

त्यस्तै, गढीमाई बाहिनी मकवानपुरमा लक्ष्मणबहादुर सिंह, मुक्तिनाथ बाहिनी कास्कीमा कालीदास धौबजी, विन्ध्यवासिनी बाहिनी लुम्बिनीमा विदुर खड्का, महेश्वरी बाहिनी सुर्खेतमा प्रदीपकुमार पाल र बैद्यनाथ बाहिनी कैलालीमा कुमार न्यौपानको सरुवा भएको छ। यस्तै, गृह मन्त्रालयले सोमबार डिआइजीको सरुवा र पदस्थापन गरेको हो। 

त्यस्तै, गृहले सशस्त्रका ११ जना एसएसपीको पनि सरुवा गरेको छ।