
गुल्मीको तम्घासस्थित चिदीचौर खेलमैदानमा चार दिनसम्म सञ्चालन भएको राष्ट्रपति रनिङ सिल्ड मुसिकोट नगरपालिकाले जितेको छ।
मुसिकोटले २२ स्वर्ण, १६ रजत र १२ कांस्य प्राप्त गर्दै १३औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिए।
त्यस्तै, दोस्रो हुने इस्मा गाउँपालिकाले नौ स्वर्ण, चार रजत र तीन कांस्य प्राप्त गरेको छ। प्रतियोगितामा तृतीय हुने मदाने गाउँपालिकाले तीन स्वर्ण, पाँच रजत र पाँच कास्य प्राप्त गरेको विश्वकर्माले बताए।
प्रतियोगितामा १२ वटै पालिकाका एक हजार चार सयभन्दा बढी खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ। प्रतियोगिता विभिन्न ६ विधामा भएको थियो।