मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण १४ आइतबार १३:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय सभाद्वारा सांसद रहमानको निधनप्रति शोक प्रस्ताव पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण १४ आइतबार १३:४६:००

राष्ट्रिय सभाले जनता समाजवादी पार्टी नेपालकी प्रतिनिधिसभा सदस्य सहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

आइतबार बसेको राष्ट्रिय सभा बैठकले सांसद रहमानको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । बैठकले स्वर्गीय सांसद रहमानप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

झापाको भद्रपुरनिवासी स्वर्गीय सांसद रहमान जनता समाजवादी पार्टीबाट प्रतिनिधिसभाको समानुपातिक सांसद थिइन् । उनको हृदयघातका कारण भक्तपुरस्थित मध्यपुर अस्पतालमा उपचारको क्रममा फागुन १३ गते निधन भएको थियो ।

राष्ट्रिय सभाको अर्को बैठक फागुन १५ गते सोमबार अपराह्न १२ बजेर ३१ मिनेटमा बस्ने गरी बोलाइएको छ ।