१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार ११:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एभरेष्ट बैंकद्वारा टौखेलमा सोलार बस स्ट्यान्डको उद्घाटन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार ११:२७:oo

एभरेष्ट बैंक लिमिटेडको सहकार्यमा ललितपुर महानगरपालिका वडा नं ३ को टौखेलमा निर्मित सोलार बस स्ट्यान्डको उद्घाटन गरेको छ । 

सोलार बस स्ट्यान्डको उद्घाटन ललितपुर महानगरपालिका वडा नं ३ का वडाध्यक्ष सानुराज घिमिरे र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले संयुक्त रूपमा गरेका छन् ।

सो उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शर्माले नवनिर्मित सोलार बस स्ट्यान्डले स्थानीय बासिन्दालाई थप सहज हुनुका साथै टौखेल क्षेत्रलाई स्मार्ट सिटीका रूपमा विकसित गर्न उक्त बस स्ट्यान्डले थप मद्दत गर्ने विश्वास व्यक्त गरे । 

ad
ad