मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ फाल्गुण १० बुधबार
  • Monday, 31 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण १० बुधबार १९:५६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

पुँजी बजारबारे वित्तीय साक्षरता कार्यक्रम गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण १० बुधबार १९:५६:oo

पछिल्लो समय नेपालमा भइरहेको सेयर बजार कारोबार र वित्तीय व्यवस्थाबारे साक्षरता कार्यक्रम सञ्चालन हुन लागेको छ । 

सापटी सेवा र दीपशिखा धितोपत्र कारोबार कम्पनीले संयुक्त रूपमा ‘पुँजी बजारसम्बन्धी वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालन गर्न लागेका हुन् ।

शुक्रबार मध्यबानेश्वरस्थित ग्लोबल कलेजमा पुँजी बजारका विभिन्न सन्दर्भमा साक्षरता कार्यक्रम हुन लागेको सापटी सेवाका अध्यक्ष सिए सफल वाग्लेले जानकारी दिए । 

साक्षरता कार्यक्रममा पुँजी बजार र नेपाली अर्थतन्त्रको परिदृश्य विषयमा एनआरएन नेपाल विकास कोषका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराई, नेपाली सेयर बजारको आधारभूत विश्लेषणका विषयमा एक्यानका निवर्तमान अध्यक्ष आनन्दराज शर्मा वाग्ले, सेयर बजारको प्राविधिक विश्लेषणका विषयमा विप्लव अधिकारी र नेपाली सेयर बजार विषयमा नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमन नेपालले अनुभव सेयर गर्नेछन् ।

नेपालमा पुँजी बजार विस्तारसँगै यो बजारबाट थोरै लगानीकर्ताले मात्रै नाफा कमाउन सकेको र धेरै लगानीकर्ताहरूले छोटो अवधिमा आफ्नो लगानी गुमाइरहेको देखिएकाले साक्षरता कार्यक्रममार्फत यस्ता विषयमा सचेतना जगाउन खोजिएको सिए वाग्लेले बताए ।

‘पुँजी बजार सचेतनाको अभाव भनेको कहाँ लगानी गर्ने ? कति लगानी गर्ने ? कहिले लगानी गर्ने र सबैभन्दा महत्वपूर्ण कुरा बजारबाट कहिले बाहिरिने भन्ने हो,’ वाग्लेले भने, ‘यो कार्यक्रमले पुँजी बजारबारे सचेतना ल्याउनुका साथै यसबाट अधिकतम लाभ लिन सहयोग पुर्याउनेछ भन्नेमा हामी आशावादी छौँ।’