Skip This
ad
रनका लागि संघर्ष गर्दै नेपाल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १४:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

रनका लागि संघर्ष गर्दै नेपाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १४:४६:oo

स्कटल्यान्डले दिएको दुई सय १३ रनको मध्यम लक्ष्य पछ्याइरहेको नेपाल नियमित अन्तरालमा विकेट गुमाएपछि दबाबमा परेको छ ।

त्रिकोणात्मक सिरिजका अघिल्ला तीन खेलमा सुदृढ प्रदर्शन गरेका ब्याटरले अन्तिम खेलमा भने निराशा बनाएका छन् । स्कटल्यान्डका बलरका अगाडि नेपाली ब्याटर कमजोर देखिएका छन् । 

नेपालले एक सय १४ रन बनाउँदा सात विकेट गुमाइसकेको छ । क्रिजमा अहिले कप्तान रोहित पौडेल र सन्दीप लामिछाने छन् । 

नेपालले ओपनिङ ब्याटरद्वय कुशल भुर्तेल, आसिफ सेख, मध्यक्रमका ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीलाई गुमाइसकेको छ । 

एक रनको अवस्थामा कुशल आउट भएका थिए । त्यसपछि नेपालले १८ रन जोड्दा अर्का ओपनर ब्याटर आसिफ आउट भए । उनले २३ बलमा १२ रन बनाए । 

३० बल खेल्दा २१ रन बनाएका ज्ञानेन्द्र एलबिडल्बू आउट हुँदा नेपालको स्कोर ३४ रन थियो । टिम कठिन अवस्थामा रहेका वेला क्रिजमा आएका कुशल मल्लले पनि चाँडो रन बनाउने हतारो गर्दा विकेट गुमाउन पुगे । उनी १७ रनमा आउट भए । गुलशन झाको स्थानमा मौका पाएका सन्दीप जोराले एक रन मात्र बनाउन सके । १६ बलमा सात रन बनाएर दीपेन्द्र आउट हुँदा सोमपालले सात बलमा दुई रन मात्र बनाए । 

त्यसअघि नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि स्कटल्यान्ड ४६.१ ओभरमा दुई सय १२ रनमा अलआउट भएको थियो । 

सन्दीप लामिछानेले चार तथा करन केसीले तीन विकेट लिएपछि स्कटल्यान्ड ५० ओभरअघि नै अलआउट भएको हो । दश ओभर बलिङ गरेका सन्दीपले ४५ रन दिएर चार विकेट लिए । 

८.१ ओभर बलिङ गरेका करनले ४२ रन दिएर ३, ललित राजवंशीले दश ओभरमा ३३ रन दिएर एक तथा कुशल मल्लले ६ ओभरमा ६० रन दिएर एक विकेट लिए । 
सात ओभर बलिङ गरेका सोमपाल कामीले २३ रन दिए । उनले विकेट लिन सकेनन् । पाँच ओभर बलिङ गरेका दीपेन्द्रसिंह ऐरीले २९ रन दिए भने विकेट लिन सकेनन् । 
 
आइसिसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत यसअघिको खेलमा नेपालले स्कटल्यान्डलाई शानदार रुपमा हराएको थियो । 
 

ad
ad