
महिन्द्रा एन्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)ले लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर ट्रियो इलेक्ट्रिक अटो सिन्धुलीमा सार्वजनिक गरेको छ । आइतबार एक भव्य समारोहका साथ सिन्धुलीमा यो अटो सार्वजनिक गरिएको हो ।
अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा एन्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)का आधिकारिक विक्रेता इनर्जी प्रालिले कमलामाई नगरपालिका– ६ राम्माडीमा पनि ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरेको छ । सिन्धुलीका नगर प्रमुख उपेन्द्रकुमार पोखरेल, उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ र अग्नि ग्रुपका प्रतिनिधिहरूको उपस्थितिमा सार्वजनिक गरिएको हो । सो अवसरमा पाँचजना ग्राहकलाई महिन्द्रा ट्रियो इलेक्ट्रिक अटो पनि वितरण गरिएको थियो ।
अग्नि इनर्जीको सिन्धुलीका लागि बिक्रेता मरिण इभरग्रिन इन्टरप्राइजेज प्रालि का प्रबन्ध निर्देशकद्वय खडकबहादुर श्रेष्ठ र टीकाबहादुर श्रेष्ठका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकहरूले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्छन् । उल्लेखनीय विशेषताको आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणहरूका साथ ट्रिओले नेपालमा कार्यक्षमताका साथै किफायतका लागि नयाँ मानक निर्धारण गर्नेछ ।