१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार ११:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल प्रहरी छात्रवृत्ति अक्षय कोषमा  ग्लोबल आइएमईको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार ११:o२:oo

ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल प्रहरीलाई ‘नेपाल प्रहरी–ग्लोबल आइएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्न आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको हो ।

बैंक लिमिटेड र नेपाल प्रहरी कल्याण कोषबीच ‘नेपाल प्रहरी–ग्लोबल आइएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन एवं व्यवस्थापनमा सहकार्यसम्बन्धी समझदारीसँगै सहयोग रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उक्त रकमको चेक प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई हस्तान्तरण गरेका थिए । 

उक्त अवससमा बैंकको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रहरी कर्मचारीका जेहेनदार तथा योग्य सन्ततिलाई छात्रवृत्ति प्रदान गर्ने पुण्य कामका लागि ग्लोबल आइएमई बैंकको योगदान अमूल्य रहेको र यसले प्रहरी कर्मचारीहरूको मनोबल बढाउन थप टेवा पुग्ने उल्लेख गरे । महानिरीक्षक सिंहले बैंकले यसअघि पनि नेपाल प्रहरीलाई विभिन्न कार्यक्रममा सहयोग गरी सहकार्य गर्दै आएको स्मरण गर्दै विशेष धन्यवाद दिएको जनाइएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले नेपालको व्यवस्थित संगठन नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीका सन्ततिलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत नेपाल प्रहरी र बैंकबीच सहयोग र सहकार्य आदान–प्रदान हुने बताए । बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस किसिमका आर्थिक सहयोगहरू प्रदान गरी आमनागरिक तथा समाजलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाभान्वित गर्दै आएको जनाएको छ । 
 

ad
ad