१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १o:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सांसद भण्डारीको स्वास्थ्यमा सुधार, सोमबार भेन्टिलेटर हटाइने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:o७:oo

भारतको मुम्बईमा उपचाररत कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार देखिएको छ । सोमबार भेन्टिलेटर हटाउने तयारी छ । 

‘डा. सुनील केसवानीबाट काउन्सिलिङ भयो । खुसीको कुरा उहाँ खतरामुक्त रहेको र उहाँमा धरै नै सुधार देखिएकाले सोमबार भेन्टिलेटर हटाउने योजना रहेको डा. केसवानीले बताउनुभएको छ,’ मुम्बईस्थित नेसनल बर्न अस्पतालमै रहेका भण्डारीका सहयोगी योगराज कँडेलले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्, ‘साथै, मुख र हातको जलेको भागमा आफ्नै छाला उम्रन सक्ने सम्भावना देखिएकाले हाललाई तुरुन्तै अर्को सर्जरी नगरिने भएको छ ।’

४ फागुनमा बुद्धनगरस्थित घरमा ग्यास लिक भएर आगलागी हुँदा जलेर घाइते भएका सांसद भण्डारीको मुम्बईमा उपचार भइरहेको छ । यसअघि शुक्रबार उनको दुवै खुट्टाको सर्जरी गरिएको थियो ।

ad
ad