१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार ११:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

केटिएम एडभेन्चर डे विथ २५० मा नौ राइडर विजेता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:२७:oo

मोटरसाइकल निर्माता केटिएमले ‘केटिएम एडभेन्चर डे विथ २५० एडभेन्चर’मा नौजना राइडरलाई विजेता घोषणा गरेको छ । कम्पनीले ट्र्याक पूरा गरेका ७६ मध्ये नौ राइडरलाई विजेता घोषणा गरेको हो । 

दक्षिणकालीको हात्तीवन रिसोर्टमा आयोजना भएको महोत्सवमा तीन सयभन्दा बढीको सहभागिता रहेको जनाइएको छ । सहभागीहरूले केटिएम एडभेन्चर २५० को शक्ति र प्रदर्शन अनुभव गरेको कम्पनीको भनाइ छ । कार्यक्रमको ट्र्याक २५० एडभेन्चर बाइकको अफरोड क्षमता, शक्ति र ह्यान्डलिङको अनुभव लिन सकून् भन्ने उद्देश्यसहित निर्माण गरिएको कम्पनीको दाबी छ । कार्यक्रमले सहभागीहरूलाई केटिएम २५० एडभेन्चर पूर्ण रूपमा अनुभव गर्न प्लेटफर्म प्रदान गरेको कम्पनीले जनाएको छ । 

केटिएम नेपालका एजिएम विजय मोक्तानले आफ्ना ग्राहकका लागि केटिएम २५० एडभेन्चरको परीक्षण गर्न पाउनु र यसको असाधारण प्रदर्शन र क्षमताहरू हेर्न पाउनु रोमाञ्चक अनुभव भएको बताए । 

ad
ad