१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ फाल्गुण ४ बिहीबार ११:२१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रावा बैंकले एससिटी युपिआई डेबिट कार्ड सेवा सञ्चालन गर्ने

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण ४ बिहीबार ११:२१:००

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिप्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) तथा राष्ट्रिय वाणिज्य बैंकबीच एससिटी युपिआई डेबिट कार्ड सेवा सञ्चालनका लागि सम्झौता भएको छ । सम्झौतामा एससिटीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजू र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा विभिन्न सेवा दिँदै आएको स्मार्ट च्वाइस टेक्नोलोजिज र राष्ट्रिय वाणिज्य बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने एससिटीले विश्वास व्यक्त गरेको छ ।

सम्झौताअनुसार राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले एससिटी युपिआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्ने जनाइएको छ । साथै, एससिटी युपिआई सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटिएम, पोस, ई–कमर्सजस्ता सेवा सजिलै लिन सक्ने कम्पनीको दाबी छ ।