१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार २१:११:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

निर्मला कुर्मी हत्या : विशेष समितिले अनुसन्धान गर्ने, ४८ दिनदेखिकाे आन्दोलन स्थगित 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार २१:११:oo

रहस्यमय ढंगले बेपत्ता नेपालगन्जकी निर्मला कुर्मी हत्यामा विशेष समिति गठन गरी घटनाको नयाँ ढंगले अनुसन्धान गर्न सरकार सहमत भएको छ। गृह मन्त्रालय र आन्दोलनरत पक्षबीच वार्तापछि यस्तो सहमति भएको हो।

सिंहदरबारस्थित गृह मन्त्रालयमा मंगलबार भएको वार्तामा सरकारका तर्फबाट गृहका सहसचिव जितेन्द्र बस्नेत सहभागी थिए।

आन्दोलनरत पक्षबाट सामाजिक अभियन्ता रुबी खान सहभागी थिइन्। सहमतिसँगै माइतीघर मण्डलामा ४८ दिनदेखि जारी धर्ना समापन भएको छ। गृहप्रवक्तासमेत रहेका बस्नेतले आन्दोलनरत पक्ष र गृहबीच तीनबुँदे सहमति भएको बताए।

उनले भने, ‘निर्मला  कुर्मी हत्यामा अनुसन्धान होस् भन्ने उद्देश्यले माइतीघर मण्डलामा ४८ दिनदेखि आन्दोलन चलिरहेको थियो। उहाँहरू र हामीबीच आज वार्ता भयो। दुई पक्षबीच तीनबुँदे सहमति भयो। सहमतिअनुसार निर्मला कुर्मी हत्या अनुसन्धानका लागि सरकारले अब विशेष अनुसन्धान समिति गठन गर्नेछ। आन्दोलनमा सहभागीहरूको ज्यानको सुरक्षा पनि सरकारले नै गर्नेछ। योसँगै आन्दोलन स्थगित गर्न उहाँहरू सहमत हुनुभएको छ।’

रुबी खानसहितका अभियन्ता निर्मला हत्या अनुसन्धानमा न्यायिक आयोग गठन हुनुपर्ने माग राख्दै आन्दोलनरत थिए । तर, सरकार आयोग गठन गर्न भने सहमत भएको छैन । गृहप्रवक्ता बस्नेतले आयोग गठनको विषयबाट आन्दोलनरत पक्ष पछि हटेको बताए। 

उनले भने, ‘उहाँहरूले न्यायिक आयोग गठनको माग राख्नुभएको थियो। विशेष अनुसन्धान समिति गठन गरिने भएपछि उहाँहरू पूर्ववत मागबाट पछि हट्नुभयो। दुई पक्षबीच यही विषयमा सहमति भयो।’

धर्नाको ४० दिनपछि  गत वर्षको २० पुसमा घटनाको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले गर्ने सरकार र उनीहरूबीच सहमति भएको थियो। त्यसअघि उनीहरू नेपालगन्जबाट २० दिनको पैदल यात्रा गर्दै दबाब दिन काठमाडौं आएका थिए । दबाबपछि घटनाको अनुसन्धान गृह मन्त्रालय तयार भएको थियो । दुई पक्षबीच सम्झौता पनि भएको थियो।

सम्झौताअनुसार छानबिन समिति गठन भयो। उक्त समितिले पनि घटनाको छानबिन गरिनुपर्ने बताएको छ । तर, हालसम्म सरकारको निकायले घटनाको छानबिन गर्न सकेको छैन।

नेपालगन्ज उपमहानगरपालिका–१७, परसपुरकी निर्मला वर्ष दिनदेखि बेपत्ता छिन्। अपहरणपछि उनको हत्या गरिएको भन्दै आफन्तले बाँके प्रहरीमा गत १६ मंसिर ०७७ मै १२ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। तर, प्रहरीले घटनाको बेवास्ता गर्यो। 

सोही घटनालाई लिएर महिला अधिकारकर्मी रुबी नेपालगन्जमै आन्दोलनमा उत्रिइन्। सुनुवाइ नभएपछि उनीसहितका टोली पैदल हिँडेर काठमाडौं आए। र, माइतीघर मण्डलामा अनशन बसे। नौ दिनको अनशनपछि सरकारसँग घटनाको छानबिन गर्न सहमति भएको थियो।

ad
ad