१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार ११:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सेना दिवसको म्याराथनमा याडियाको स्कुटर प्रायोजन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:५१:oo

२६०औँ नेपाली सेना दिवसका अवसरमा आयोजित ८औँ सिओएएस ओपन म्याराथनमा महिलाको हाफ म्याराथनतर्फकी विजेतालाई याडियाको स्कुटर पुरस्कारस्वरूप प्रदान गरिएको छ । विजेता राजपुरा पछाईले ‘याडिया एस–लाइक’ जितेकी हुन् । 

याडिया नेपालको आधिकारिक वितरक कुजु नेपाल प्रालिले म्याराथनमा महिलातर्फबाट २१ किलोमिटरको विजेताका लागि एस–लाइक स्कुटर प्रायोजन गरेको जनाएको छ । पछाईले १ः१४ः३४ घन्टामा दौड पूरा गरी म्याराथन जितेपछि प्रधानसेनापति प्रभुराम शर्मा र कुजु नेपालका प्रबन्ध निर्देशक उमिद श्रेष्ठले पुरस्कार हस्तान्तरण गरेको जनाइएको छ । 

याडिया नेपालले नेपालमा ८० किलोमिटर दायरा भएको सिवानएस र जि–फाइभ तथा ६० किलोमिटर दायरा भएको एस–लाइक इ–स्कुटर बिक्री गर्दै आएको जनाइएको छ । सिवानएसको मूल्य तीन लाख ७० हजार रुपैयाँ, जि–फाइभको मूल्य तीन लाख ५० हजार रुपैयाँ र एस–लाइकको मूल्य दुई लाख ५५ हजार रुपैयाँ रहेको कुजु नेपालले जनाएको छ ।

ad
ad