मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ माघ २९ आइतबार १३:४३:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

रुम्जाटार गोल्डकपको उपाधि आयोजक रुम्जाटार युनाइटेडलाई

Read Time : < 1 मिनेट
२०७९ माघ २९ आइतबार १३:४३:००

रुम्जाटार गोल्डकपको उपाधि आयोजक रुम्जाटार युनाइटेडले जितेको छ । शनिबार भएको फाइनल खेलमा रक्तमाला ज्ञानमाला क्लब सिद्धिचरण नगरपालिका– ५ ढुंग्रेलाई ४–१ गोल अन्तरले पराजित गर्दै रुम्जाटार युनाइटेडले उपाधि जितेको हो ।

मानेभञ्ज्याङ भेट्रान्स र मानेभञ्ज्याङ स्पोर्टस् क्लबबीच तेस्रो स्थानका लागि भएको खेलमा भेट्रान्स  १२–६ गोल अन्तरले विजयी भयो ।

प्रतियोगितामा विजयी टिमलाई नगद एक लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक रुम्जाटार युनाइटेडका सचिव प्रकाश कटुवालले जानकारी दिए । उनका अनुसार उपविजेतालाई नगद एक लाख र तेस्राे हुनेलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ ।

उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षक क्रमशः रुम्जाटार युनाइटेडका रोशन श्रेष्ठ र युविन लामा भएका छन् । मानेभञ्ज्याङ भेट्रान्सका अर्जुन राई पूरा खेल अवधिभर आठ गोल गरेर हाई स्कोरर भए । तीनैजनालाई पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । पूर्वमन्त्री अम्बिरबाबु गुरुङले खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।

माघ २१ गतेबाट सुरु भएको प्रतियोगितामा ओेखलढुंगा, सोलुखुम्बु र रामेछापका २४ टिमको सहभागिता रहेको थियो । रुम्जाटारको विकास र पर्यटन प्रवर्द्धनका लागि रुम्जाटार गोल्ड कप फुटबल खेल आयोजना गरिएको हो ।