१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o६:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

भेन्टिलेटर नहुँदा प्युठान अस्पतालको आइसियू अलपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:१४:oo

चार भेन्टिलेटरसहित जनशक्तिको माग सुनिएन

कोभिडकालमा ल्याइएका भेन्टिलेटर काठमाडौंसहित विभिन्न अस्पतालमा बेवारिसे बन्दा प्युठानमा भने भेन्टिलेटर अभावमा आइसियू प्रयोगविहीन बनेको छ । भेन्टिलेटर र जनशक्ति अभावमा चार बेडको आइसियू कक्ष अलपत्र बनेको हो । 

सरकारका सम्बन्धित निकायहरूलाई पटकपटक आग्रह गरे पनि सुनुवाइ नभएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमिला खनालले बताइन् । अस्पताल परिसरमा यसअघि रहेको स्वास्थ्य कार्यालय सरेपछि सोही ठाउँमा शल्यक्रिया र आइसियू कक्षहरू निर्माण गरिएको छ ।

यसअघि कोरोनापीडितका लागि उपचारार्थ अस्पतालमा भेन्टिलेटर भनेर ल्याइएका सामान बाइप्याप मात्रै भएको पाइएको छ । १ असोज ०७७ मा तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र तत्कालीन प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भेन्टिलेटर भनेर पाँच थान बाइप्याप पठाएका हुन् । अस्पतालका अधिकृत राजन घिमिरेले श्वास–प्रश्वास सहजताका लागि बाइप्यापले काम गरे पनि आइसियूमा भेन्टिलेटर नै चाहिने बताए । प्युठान जिल्ला अस्पतालमा तीन र भिग्री प्राथमिक स्वास्थ्य केन्द्रमा दुईवटा बाइप्याप राखिएको छ । 

चार बेडको आइसियू कक्ष सञ्चालनका लागि २४ घन्टा खटिने नर्स, स्वास्थ्यकर्मी, जनरल फिजिसियन, मेडिकल अधिकृतजस्ता जनशक्ति आवश्यक पर्ने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट खनालले बताइन् । हाल उपलब्ध जनशक्ति आकस्मिक र बहिरंग सेवाका लागि मात्रै पनि पर्याप्त हुन सकेको छैन । आइसियूका लागि बिरामीहरू बुटवल, भैरहवा र घोराही पुग्नुपरेको छ ।

डा. प्रमिला खनाल, निमित्त मेडिकल सुपरिटेन्डेन्ट, प्युठान अस्पताल
आइसियूका लागि कक्ष र बेड तयारी हालतमा छन् । तर, भेन्टिलेटर र जनशक्ति नहुँदा सेवा सुरु गर्न सकिएको छैन । चार भेन्टिलेटर र केही जनशक्ति चाहियो भनेर सरकारका सम्बन्धित निकायमा भनिरहेका छौँ । सम्बन्धित निकायका पदाधिकारीसँग अस्पताल अनुगमन, बैठक र छलफलका क्रममा समस्या समाधानका लागि माग गर्दा पाएको आश्वासन कार्यान्वयन भएन ।

ad
ad