मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २८ शनिबार १२:४८:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

अटो मोबाइल्स विलासिताको वस्तु होइन : अर्थमन्त्री पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २८ शनिबार १२:४८:००

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटो मोबाइल्स विलासिताको वस्तु नभइ आवश्यकताको वस्तु भएको बताएका छन् ।शुक्रबार नाडा अटो मोबाइल्स एशोसिएसन नेपालको  ४६औँ वार्षिक साधरणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

राज्यले सडक पूर्वधारमा अर्बौं लगानी गरेकाले त्यसमा गुड्ने साधनलाई सरकारले विलासिताको ट्याग लगाउन नमिल्ने उनको तर्क छ । अटोमोबाइल्सलाई विलासिताको वस्तुको परिभाषा नगर्न नाडाले गर्दै आएको मागमा सरकार गम्भिर रहेको भन्दै मन्त्री पौडेलले आवश्यकताअनुसार परिवर्तन हुँदै जाने प्रष्ट पारे ।

‘अटोमोबाइल्समा विलासिताका सवारी साधन पनि होलान् । तर अटोमोबाइल्स विलासिताको वस्तु होइन । यो आवश्यकताको वस्तु हो । यसमा कुनै दुविधा हुन सक्दैन,’ उनले भने ।

अर्थमन्त्री पौडेलले विद्युतमा आत्मनिर्भर भई निर्यातको अभ्यास गरिरहेकाले नेपालले विद्युतीय गाडीको प्रयोग बढाउनुपर्ने औंल्याए । विद्युतीय सवारीको प्रयोग बढाउन आवश्यक सहयोग गर्न सरकार तयार रहेको उनको भनाइ छ ।