अटो मोबाइल्स विलासिताको वस्तु होइन : अर्थमन्त्री पौडेल

शनिबार, २८ माघ, २०७९
डिजिटल संस्करण

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटो मोबाइल्स विलासिताको वस्तु नभइ आवश्यकताको वस्तु भएको बताएका छन् ।शुक्रबार नाडा अटो मोबाइल्स एशोसिएसन नेपालको  ४६औँ वार्षिक साधरणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

राज्यले सडक पूर्वधारमा अर्बौं लगानी गरेकाले त्यसमा गुड्ने साधनलाई सरकारले विलासिताको ट्याग लगाउन नमिल्ने उनको तर्क छ । अटोमोबाइल्सलाई विलासिताको वस्तुको परिभाषा नगर्न नाडाले गर्दै आएको मागमा सरकार गम्भिर रहेको भन्दै मन्त्री पौडेलले आवश्यकताअनुसार परिवर्तन हुँदै जाने प्रष्ट पारे ।

‘अटोमोबाइल्समा विलासिताका सवारी साधन पनि होलान् । तर अटोमोबाइल्स विलासिताको वस्तु होइन । यो आवश्यकताको वस्तु हो । यसमा कुनै दुविधा हुन सक्दैन,’ उनले भने ।

अर्थमन्त्री पौडेलले विद्युतमा आत्मनिर्भर भई निर्यातको अभ्यास गरिरहेकाले नेपालले विद्युतीय गाडीको प्रयोग बढाउनुपर्ने औंल्याए । विद्युतीय सवारीको प्रयोग बढाउन आवश्यक सहयोग गर्न सरकार तयार रहेको उनको भनाइ छ ।

सुझावित समाचार