१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
गगन अयडी बाजुरा
२o८१ बैशाख २१ शुक्रबार o५:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

खुला आकाशमुनि ‘छाउपडी’ महिला

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o५:४३:oo

१० माघमा बाजुराको हिमाली गाउँपालिका विच्छाय केन्द्रविन्दु भएर गएको भूकम्पले गौमूल गाउँपालिका– २ का १२ परिवार पूर्ण रूपमा विस्थापित भए । सबै परिवार स्थानीय धर्मदय प्राविको चौरमा त्रिपाल टाँगेर हिउँदको चिसोसँग जुधिरहेका छन् । अझ छाउपडी भएका महिला त परिवारको अन्य सदस्यभन्दा अझै पर त्रिपालभन्दा पनि बाहिर खुला आकाशमुनि बस्दै आएका छन् । 

देउता रिसाउने डरले छाउ भएको समयमा परिवारबाट अलग्गै बस्ने गरेको बेलु चँदाराले बताइन् । ‘भूकम्पमा घर भत्कियो । खुला चौरमा त्रिपाल टाँगेर बस्नुको पीडा छँदै छ, अझ छाउ भएको समयमा परिवारसँग बस्दा देउता रिसाउने डरले अलग्गै बस्नुपर्छ,’ उनले भनिन्, ‘अहिले म परिवार बस्ने त्रिपालबाहिर खुला आकाशमुनि छाउ बारिरहेकी छु । पुरानो चलन नमानौँ देउता रिसाउने डर, पालना गर्दा जंगली जनावर, सर्पलगायतको डर ।’ 

छाउ बार्न खुला आकाशमुनि रात काट्दै आएकी २१ वर्षीया सरिता चँदाराले त आफूसँगै तीनजना काखे सन्तानलाई सुताउँदै आएकी छिन् । उनका एक वर्ष र तीन वर्षका दुई छोरा तथा पाँच वर्षकी छोरी छन् । ‘घर हुँदा बेग्लै कोठामा बसेर छाउ बार्ने गथ्र्यौँ । भूकम्पले घर भत्किएपछि परिवार नै खोला किनारमा रहेको विद्यालयको चौरमा त्रिपालमुनि छ,’ उनले भनिन्, ‘हामी छाउपडी महिला चौरमै खुला आकाशमुनि बस्दै आएका छौँ ।’

गौमूल गाउँपालिकाकी उपाध्यक्ष सीता थापाले भने आफ्नो गाउँपालिकाभित्र छुवाछुतजस्ता कुसंस्कार अन्त भइसकेकाले छाउगोठ नरहेको दाबी गरिन् । कुनै परिवारले छाउपडी महिलालाई अलग राखेको भए गलत भएको बताइन् ।

ad
ad