१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २५ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ २५ बुधबार ११:२१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

यामाहाले ल्यायो ‘की टू द गोल्डेन हार्ट’ स्किम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ २५ बुधबार ११:२१:oo

भ्यालेन्टाइनको अवसर पारेर यामाहाले रोमाञ्चक र रोमान्टिक स्किम ल्याएको छ । कम्पनीले अद्भुत सरप्राइजसहित एक लाख रुपैयाँसम्मको क्यासब्याक अफर रहेको ‘की टू द गोल्डेन हार्ट’ नामक स्किम ल्याएको हो ।  

योजनाअनुसार हरेक हप्ता यामाहाले एउटा सुनको लकेट र यामाहाको सुनको चाबी पनि उपहारस्वरूप विजेतालाई प्रदान गरिने जनाइएको छ । हरेक हप्ता लक्की ड्रमार्फत विजेताको घोषणा गरिने कम्पनीले जनाएको छ । यो अफर यामाहाका सीमित मोडलहरूको खरिदमा मात्र उपलब्ध हुने जनाइएको छ ।

जसअनुसार एफजेड–एस एफआई भर्सन ३–०, एफजेड–एस एफ आर्य भर्सन २–०, एफजेड एफआई भर्सन २–०, एसजेड–आरआर भर्सन २–०, सलुटो १२५ सिसी, रे जेडआर १२५ एफआई, फ्यासिनो १२५ एफआई–रे जेड ११३ सिसी रहेको कम्पनीले जनाएको छ । 

यो अफर यामाहा स्कुटरमा १७ फेब्रुअरीसम्म र बाइकहरूमा अर्को योजना घोषणा नगरेसम्म लागू हुने जनाइएको छ । खरिदकर्ताले एकैपटकमा सम्पूर्ण रकम लगानी गर्न नसकेको खण्डमा, यामाहासँग वैकल्पिक प्रस्ताव पनि रहेको जनाइएको छ । खरिदकर्ताले जम्मा २० प्रतिशतको सबैभन्दा कम डाउन पेमेन्टको विकल्प रोज्न सक्ने कम्पनीले जनाएको छ । यो अफर ९.९९ प्रतिशत ब्याजदरमा पनि उपलब्ध रहेको जनाइएको छ । 

यामाहाका मार्केटिङ प्रमुख यम गुरुङले भने, ‘हामी यो मायाको याममा ‘की टू द गोल्डेन हार्ट’ योजनाले बाइक उत्साहीहरूलाई कम डाउन पेमेन्ट र न्यून ब्याजदरमा बाइक– स्कुटर किन्न पाउने उत्कृष्ट अवसर प्रदान गर्नेछ भन्नेमा विश्वस्त छौँ ।’