१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २१ शनिबार ०८:१८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पर्यटनमन्त्रीलाई परिसंघको सुझाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २१ शनिबार ०८:१८:००

नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलले पर्यटनमन्त्री किराँतीलाई नेपालका वायुसेवालाई एक दशकदेखि युरोपियन युनियन (इयू)ले राखेको सुरक्षा सूचीबाट हटाउनका लागि पहल गर्न आग्रह गरेको छ ।

परिसंघले नेपालको पर्यटन प्रवर्द्धनका लागि चालिनुपर्ने कदम, कालोसूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालीन एवं दीर्घकालीन रूपमा गरिनुपर्ने नीतिगत सुधारका विषयमा सुझाव दिएको छ । परिसंघका उपाध्यक्ष राजबहादुर शाहले नेपालमा हवाई भाडा अत्यन्त महँगो हुँदा अपेक्षाकृत रूपमा विदेशी पर्यटक आउन नसकेको भन्दै हवाई भाडा घटाउनेतर्फ आवश्यक पहल गर्न र नेपाल वायुसेवा निगमलाई प्रतिस्पर्धी बनाउन पनि मन्त्री किराँतीसँग आग्रह गरे । 

यस्तै, परिसंघले सरकारसँग मिलेर अर्थतन्त्रको विकास विस्तारमा काम गर्दै आइरहेको जानकारी गराउँदै उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले पर्यटन उद्योगको विकासका लागि पनि सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको बताए । परिसंघ पर्यटन समिति सभापति पम्फा धमलाले पर्यटन उद्योगलाई अन्य उद्योगसरह पाउने सुविधा दिन आग्रह गरिन् ।

अन्तर्राष्ट्रिय गन्तव्यमा प्रभावकारी एवं देखिने गरी नेपालको प्रवर्द्धन अभियान सञ्चालन गरिनुपर्नेमा पनि उनले जोड दिइन् । मन्त्री किराँतीले नीतिगत सुधारका विषयमा निजी क्षेत्रबाट स्पष्ट सुझावको अपेक्षा गरेको बताए । उनले नेपाललाई इयूको सुरक्षा सूचीबाट हटाउने सन्दर्भमा पहल सुरु गरिसकेको पनि परिसंघ प्रतिनिधिमण्डललाई जानकारी गराए ।