मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १५ बुधबार
  • Wednesday, 29 March, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १९ बिहीबार १५:४५:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजार राताम्मे, २१ सय विन्दुबाट ओर्लियाे नेप्से 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १९ बिहीबार १५:४५:००

बुधबार सामान्य अंकले बढेको सेयर बजार आज बिहीबार उच्च अंकले घटेको छ। सेयर बजार परिसूचक नेप्से आज २२ दशमलव १२ अंकले घटेर दुई हजार ९४ दशमलव ५४ विन्दुमा ओर्लिएको छ।

सबै समूहको सेयर घटेर बजार राताम्मे भएको दिन आज बिमा, विकास बैंक, माइक्रोफाइनान्स र जलविद्युत् समूहको सेयर उच्च अंकले ओरालो लागेको छ।

आज दुई सय ५७ वटा कम्पनीका ५८ लाख ९८ हजार कित्ता सेयर किनबेच हुँदा दुई अर्ब नौ करोड ६४ लाखबराबरको कारोबार भएको छ।

आज सबैभन्दा धेरै स्ट्यान्डर्ड चार्टर्ड बैंकको १० करोड १३ लाख रुपैयाँको सेयर किनबेच भएको छ। समग्रमा बजार राताम्मे भए पनि आदर्श लघुवित्तको सेयर भने १० प्रतिशतले बढेको छ।