१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १९ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ १९ बिहीबार १२:४o:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

राजु लामाको मंगोलियन हार्टले शुक्रबार ठमेलमा लाइभ कन्सर्ट गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १९ बिहीबार १२:४o:oo

गायक राजु लामाले काठमाडौंको ठमेलस्थित टर्टल लाउन्ज एन्ड क्लबमा लाइभ कन्सर्ट गर्ने भएका छन् । ‘भ्वाइस अफ नेपाल’को कोचसमेत रहेका लामाले शुक्रबार बेलुकी आफ्नो ब्यान्ड ‘मंगोलियन हार्ट’सहित लाइभ प्रस्तुति दिने भएका हुन् ।

कन्सर्टमा लामाले मंगोलियन हार्टका चर्चित गीतहरूमा प्रस्तुति दिने तयारी छ । टर्टलका सञ्चालक आयुष ठकुरीका अनुसार लामाले मंगोलियन हार्टका चर्चित गीतहरू ‘पर्खाइमा भिज्यो सिरानी’, ‘तिमीलाई देखेर’, ‘हल्ला चलेछ’, ‘बादलपारिको देशबाट’, ‘म माया लाउँदिनँ’, ‘सायद तिम्रो बाटोमा’लगायत गीत प्रस्तुत गर्नेछन् ।

यसअघिका टर्टलमा गायिकाहरु तृष्णा गुरुङ, तिर्सला गुरुङलगायतले लाइभ ब्यान्डसहित सांगीतिक प्रस्तुति दिएका थिए । विगत पाँच वर्षदेखि सञ्चालित टर्टल क्लब गत  क्रिसमस इभमा सविन राईको लाइभ कन्सर्टसहित नयाँ स्वरूपबाट सञ्चालनमा छ।

केही सातासम्म अब हरेक शुक्रबार टर्टलमा चर्चित कलाकारहरूको लाइभ प्रस्तुति तय भएको सञ्चालक ठकुरीले बताए ।