मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ १८ बुधबार ११:३३:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

घर बनाउँदै हुनुहुन्छ ? यस्तो डिजाइन गर्नुस्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ १८ बुधबार ११:३३:००

नयाँ घर बनाउँदा डिजाइनमा विशेष ध्यान पुर्‍याउनुपर्छ । घरको इन्टेरियर डिजाइन हरेक मानिसको जीवनशैलीसँग सम्बन्धित हुन्छ । त्यसैले घर निर्माण गर्दा वास्तुविज्ञानअनुसार तालमेल मिल्नुपर्छ । अधिकांश इन्टेरियर डिजाइनरले वास्तुअनुसार नै घरको डिजाइन गरेका हुन्छन् । घरको कोठाभित्र सजाउने सामग्री कुन दिशामा राख्ने भन्ने पनि वास्तुसँग सम्बन्धित छ । त्यसकारण घरको स्थान, दिशा, आकार, रङ पनि मिलेको हुनुपर्छ, जसले गर्दा घरको आउटलुक्स पनि राम्रो देखिन्छ । साथै परिवारमा सकारात्मक ऊर्जा प्रवाह गर्छ । 

सलिजा श्रेष्ठ, इन्टेरियर डिजाइनर सलिजा डिजाइन्स

प्रवेशद्वार : घरको मुख्य द्वारबाट भित्र प्रवेश गर्दा सकारात्मक ऊर्जा पैदा हुनुपर्छ । घरको अगाडि र पछाडिको द्वार सीधा एउटै लाइनमा हुनुपर्छ, जसले घरको बनावट पनि राम्रो देखिन्छ । प्रवेशद्वार घडेरीको बनावटअनुसार पूर्व, उत्तर, पूर्व–उत्तर वा पश्चिम दिशामा हुँदा उत्तम हुन्छ । त्यसैले तपाईंले घर किन्दा वा बनाउँदा प्रवेशद्वारमा विशेष ध्यान दिनुपर्ने हुन्छ । 

बैठक कोठा : घरको बैठक कोठामा मानिसहरू जमघट हुने ठाउँ हो । यो कोठा पूर्व वा उत्तर दिशामा हुनु वास्तुअनुसार पनि राम्रो मानिन्छ । दक्षिण फर्किएको घरमा भने उत्तर–पश्चिम वा त्यसको आसपासमा उपयुक्त हुन्छ । बैठक कोठामा सोफा वा फर्निचर दक्षिणतर्फ वा पश्चिमतर्फ राख्नुपर्छ । पूर्व र उत्तर दिशा सकेसम्म खुला भएको राम्रो मानिन्छ । जसले कोठालाई व्यवस्थित देखाउँछ । अर्काे, कोठालाई प्रकाश जरुरी हुन्छ । घाम छिर्ने गरी बैठक कोठाको डिजाइन गर्दा उत्तम हुन्छ । 

भान्साकोठा : वास्तुअनुसार दक्षिण–पूर्वमा भान्साकोठा बनाउँदा राम्रो मानिन्छ । यसले घरको भित्री डिजाइनलाई व्यवस्थित देखाउँछ । दक्षिण–पश्चिममा भान्सा बनाउन सकिन्छ, तर त्यसले त्यति राम्रो देखाउँदैन । अर्काे, भान्साकोठामा नेचुरल उज्यालो हुनुपर्छ । त्यसैले लाइटिङमा विशेष ध्यान दिनुपर्छ । डिजाइनमा ध्यान दियो भने सुन्दरता बढाउनुका साथै कोठालाई उज्यालो पनि बनाउँछ । झ्यालबाट प्राकृतिक प्रकाश कम आउने कोठा भएमा लाइटिङको जडानमा विशेष सजगता अपनाउनुपर्छ । 

बेडरुम : बेडरुम मानसिक वा शारीरिक रूपमा आराम दिलाउने हुनुपर्छ । त्यसैले बेडरुम भएको स्थानले पनि  विशेष महत्व राख्छ । घरको दक्षिण–पश्चिममा र सुत्नेको शिर दक्षिणतर्फ हुनु राम्रो मानिन्छ । अर्काे, घरको भित्री डिजाइन पनि आकर्षक देखिन्छ । प्रत्यक्ष घाम छिर्ने गरी बेडरुमको डिजाइन गर्दा राम्रो हुन्छ । नेचुरल लाइटले ऊर्जा प्रवाह गर्छ । कोठाका भित्तामा ढुसी पर्न कम गर्न पनि मद्दत गर्छ । 

पूजाकोठा : उत्तर–पूर्वको कुनामा पूजा कोठा उपयुक्त हुन्छ । वास्तुअनुसार पनि यो स्थानलाई राम्रो मानिन्छ । घरको डिजाइनलाई पनि यसले असर गर्दैन । वास्तुशास्त्रअनुसार पूर्व–उत्तर कुना शक्ति र ऊर्जाको स्रोत पनि मानिन्छ । त्यसैले पूजाकोठा उत्तर–पूर्वको बीच भागमा बनाउनु उचित हुन्छ । यसका अलावा उत्तर र पूर्व पनि राम्रो हुन्छ । यसले घरको भित्री डिजाइनलाई व्यवस्थित बनाउँछ । 

शौचालय : घरमा शौचालय बनाउँदा पश्चिम बायाँबाट हल्का हटेर दक्षिणतर्फ बनाउँदा राम्रो मानिन्छ । घरको शौचालयको धारा उत्तर, पश्चिम वा पूर्व झर्ने हुनुपर्छ । यसले घरलाई व्यवस्थित बनाउन सहयोग पुग्छ ।