१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १७ मंगलबार ०८:५७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

महिन्द्राको एक्सयुभी ७०० नयाँ ट्विन पिक्स नेपाली बजारमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १७ मंगलबार ०८:५७:००

भारतको एसयुभी निर्माता महिन्द्रा एन्ड महिन्द्राले आफ्नो फ्ल्यागसिप ग्लोबल एसयुभी–एक्सयुभी ७०० नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले यो गाडी नेपाली उपभोक्ताका लागि उपयुक्त भएको विश्वास र ग्राहकलाई पूर्ण सन्तुष्टि दिने अपेक्षासहित सार्वजनिक गरेको हो । 

यो गाडी नेपालका लागि महिन्द्राको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेडमार्फत सार्वजनिक गरिएको हो । महिन्द्राका लागि नेपाल ठूलो बजार भएको कम्पनीको भनाइ छ । ट्विन पिक्स लोगोका साथ आएको एक्सयुभी७०० नेपालको पहिलो महिन्द्रा एसयुभी बनेको कम्पनीले जनाएको छ । यो गाडी कम्पनीले भारतबाहिर दक्षिण अफ्रिकामा मात्र सार्वजनिक गरेको दाबी गरेको छ । यो गाडी पाँच र सात सिट क्षमताको म्यानुअल र अटोमेटिक अप्सनसहितको पेट्रोल इन्जिनमा उपलब्ध हुने जनाइएको छ । 

एक्सयुभी ७०० भारतको सबैभन्दा प्रतिष्ठित इन्डियन कार अफ द इयर अवार्ड २०२२ को विजेता र कुल ३१ पुरस्कार जितेको कार रहेको कम्पनीको दाबी छ । यसले २४ घन्टामा चार हजार किलोमिटर दूरी तय गर्ने कीर्तिमानसमेत राखिसकेको जनाइएको छ । यो गाडी भारतको सबैभन्दा अग्लो मोटरेबल सडक–उमलिंगला यात्रा गर्ने पहिलो भारतीय एसयुभी बनेको जनाइएको छ ।

यसमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र क्लस्टर, सिक्स वे पावर्ड ड्राइभर सिट र १२ सोनी स्पिकरसहितको क्लास लिडिङ म्युजिक सिस्टमजस्ता सुविधा रहेको जनाइएको छ । यसमा प्यानोरमिक सनरुफ र डुअल जोन क्लाइमेट कन्ट्रोल पनि रहेको उल्लेख छ । महिन्द्राले वयस्क सुरक्षाका लागि जिएनसिएपीद्वारा फाइभ स्टार सेफ्टी रेटिङ हासिल गरेको दाबी गरिएको छ । यो सुरक्षा विकल्पका रूपमा स्वायत्त इमर्जेन्सी ब्रेकिङ (एइबी) प्रदान गर्ने पहिलो मेड इन इन्डिया र स्वामित्व ब्रान्ड भएको कम्पनीको दाबी छ । 

एक्सयुभी ७०० ट्विन पिक्स ब्रान्डको एसयुभी सुरुमा काठमाडौंका दुई ट्विनपिक ब्रान्डका सोरुमबाट उपलब्ध हुने कम्पनीले जनाएको छ । ट्विनपिक्स नेटवर्क आगामी मार्च २०२३ सम्ममा नेपालभरका पाँचवटा सोरुममा विस्तार गरिने कम्पनीको भनाइ छ । यो गाडी हाल परिचयात्मक मूल्यका रूपमा ७४ लाख रुपैयाँमा उपलब्ध गराउने जनाइएको छ । यो मूल्यमा फेब्रुअरी २०२३ मा प्रारम्भिक डेलिभरी हुने गरी सार्वजनिक गरिएको मितिदेखि एक महिनाका लागि लागू हुने कम्पनीले जनाएको छ ।