अर्जेन्टिनाको युवा टोली विश्वकपमा छनोट हुन असफल

शनिबार, १४ माघ, २०७९
डिजिटल संस्करण

अर्जेन्टिना यू– २० विश्वकप प्रतियोगितामा छनोट हुन असफल भएको छ । सिनियर टोलीले विश्वकप २०२२ को उपाधि जितेकै वर्ष २० वर्षमुनिको टोली विश्वकप प्रतियोगितामा छनोट हुन असफल भएको हो । 

गए राति सम्पन्न खेलमा अर्जेन्टिनालाई कोलम्बियाले १–० ले पराजित गर्यो।

अधिकांश समय अर्जेन्टिनाका युवा खेलाडीले बल नियन्त्रणमा राखे पनि गोल गर्न असफल भए। 

समूह ‘ए’ मा रहेको अर्जेन्टिनाले यसअघिका ब्राजिल र पाराग्वेसँगका खेल हारिसकेको थियो। महत्वपूर्ण म्याचमा कोलम्बियासँग पराजित भएपछि अर्जेन्टिना विश्वकप प्रतियोगितामा छनोट हुन असफल भएको हो। 

यही वर्ष इन्डोनेसियामा अन्डर २० विश्वकप फुटबल प्रतियोगिता आयोजना हुँदै छ।

सुझावित समाचार