Skip This
सरस्वती पूजा हेरेर घर फर्किँदै गरेकी बालिका बलात्कृत  
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १३ शुक्रबार
  • Saturday, 27 July, 2024
२o७९ माघ १३ शुक्रबार २o:४६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सरस्वती पूजा हेरेर घर फर्किँदै गरेकी बालिका बलात्कृत  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १३ शुक्रबार २o:४६:oo

सरस्वती पूजा हेरेर घर फर्किँदै गरेकी १४ वर्षीया बालिका अपहरणपछि बलात्कृत भएकी छिन्।  

सरस्वती पूजा हेरेर घर फर्किने क्रममा पूर्व–पश्चिम हुलाकी सडकको सिराहा–सन्हैठाखण्डबाट दुई युवकले उनलाई अपहरण गरेर सिराहा सदरमुकाम लगेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी निरीक्षक शंकर चौधरीले जानकारी दिए। 

ती युवकले साथीकाे कोठामा लगेर बलात्कार गरेको पाइएको प्रहरी निरीक्षक चौधरीले बताए। घटनापछि सम्बन्धित परिवारले सूचना दिएलगत्तै पीडित बालिकाको सिराहास्थित प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको उनले बताए। 

उनका अनुसार पीडितले दिएको सूचनाको आधारमा घटनापछि फरार भएका सिराहा– २२ का २४ वर्षीय सन्तोष यादवलाई सिराहा– २२ अरहा गाउँस्थित मामाघरमा लुकेर बसिरहेको अवस्थामा बिहीबार साँझ नै पक्राउ गरिएको छ भने ठेगाना नखुलेका २३ वर्षीय सरोजकुमार यादव फरार रहेकाले खोजी भइरहेको छ। 

आत्महत्या दुरुत्साहनमा सासू पक्राउ

यसैबीच, प्रहरीले सिराहाको सुखीपुर नगरपालिका– ६ की २५ वर्षीया बुहारीको आत्महत्या दुरुत्साहन गरेको आरोपमा सासूलाई पक्राउ गरेको छ। 

सिराहा प्रहरीका अनुसार २५ वर्षीया बुहारी मञ्जुकुमारी महराको आत्महत्या दुरुत्साहन गरेको आरोपमा ४२ वर्षीया सासू सोनितादेवी महरालाई पक्राउ गरिएको हो।

पीडित माइती पक्षका अनुसार सासू र देवर १८ वर्षीय ओपिन्द्रकुमार महराले यातना तथा कुटपिट गरेपछि गत २९ असोजमा महराको शव घरनजिकैको पोखरीमा भेटिएको थियो। सासू र देवरले हत्या गरेको वा आत्महत्या गर्न दुरुत्साहन गरेकोले कानुनी कारबाहीका  लागि महेशपुर पतारस्थित इलाका प्रहरी कार्यालयमा ११ माघमा उजुरी दिएको मृतककी बाबु मनोहर महराले बताए।

महेशपुर पतार प्रमुख प्रहरी निरीक्षक केशवकुमार कटुवालका अनुसार मृतकको शव पोखरीमा भेटिएपछि गरिएको पोस्टमार्टममा हत्या नखुलेको र भिसेराको प्रतिवेदन पनि ढिलो हुँदा घटना अनुसन्धानको क्रममै थियो। 

अनुसन्धानअनुसार आरोपितहरूले यातना दिएको खुले पनि पोस्टमार्टम प्रतिवेदनले हत्या नखुलेकोले आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरी सासूलाई पक्राउ गरिएको र मृतकका देवर ओपिन्द्र रोजगारीका लागि छिमेकी मुलुक भारतमा रहेकाले पक्राउ गर्न नसकिएको प्रहरी निरीक्षक कटुवालले बताए।