Skip This
खाजा खाने पैसा बचाएर एकल महिलालाई सहयोग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १२ बिहीबार
  • Saturday, 27 July, 2024
२o७९ माघ १२ बिहीबार १८:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खाजा खाने पैसा बचाएर एकल महिलालाई सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १२ बिहीबार १८:५९:oo

काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं. ११ मा अवस्थित आदर्श विद्या मन्दिर (एबिएम स्कुल) मा अध्ययनरत विद्यार्थीहरूले खाजा खाने पैसाबाट जोगाएर जम्मा गरेको रकम एकल महिलालाई सहयोग गरेका छन्।

उक्त विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ को सामाजिक विषयमा अध्ययनरत विद्यार्थीहरूले परिवर्तनका लागि हामी नामक समूह बनाएर खाजाको पैसाबाट एक, एक सय र तिहारमा देउसीभैलो खेलेर जम्मा गरेको पैसाबाट आपत विपतमा परेकी जनगालकी एकल महिलालाई ४० हजार एक सय पचास रुपैयाँ आर्थिक सहयोग गरिएको हो। 

विद्यार्थीले ती एकल महिलाको छोराछोरीलाई एबिएम स्कुलको कक्षा १२ सम्म निःशुल्क पढाइ दिने, कानुन संकायका विद्यार्थीले निःशुल्क कानुनी सहयोग गर्ने र आमसञ्चार विषयमा अध्ययनरत विद्यार्थीले उनको अवस्थाका विषयमा अध्ययन गरी सार्वजनिक गर्ने निर्णय गरेका छन्। 

व्यावहारिक शिक्षा लिने र दिने क्रममा पीडित महिलालाई सहयोग गर्दै बनेपा नपा–१० जनगालस्थित एकल महिलाको घरअगाडि जम्मा भएर लैंगिक हिंसाविरुद्धको सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको छ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतम, बनेपा नपाकी उपप्रमुख विमला सापकोटा दाहाल, जिल्ला प्रहरी कार्यालयकी डिएसपी अन्जना श्रेष्ठ, इलाका प्रहरी कार्यालय बनेपाका डिएसपी, मानवअधिकारकर्मी भोजराज तिमल्सिना, बनेपा नपा १० का वडाध्यक्ष चन्द्रबहादुर खड्का, वडा नम्बर ११ का वडाध्यक्ष शिवकुमार थापा, हंसदा योग आश्रमका संरक्षक, अग्रज पत्रकार मधुसुधन गुरागाईं, लक्ष्मण तिमल्सिना, विद्यालयका प्रिन्सिपल रामप्रसाद तिमल्सिनालगायतको उपस्थितिमा उत्साहजनक कार्यक्रम भयो। 

श्रीपञ्चमीका दिन पारेर आयोजित कार्यक्रममा विद्यार्थीहरूले घरेलु हिंसा रोकथामसम्बन्धी नाटक प्रस्तुत गरेका थिए। टिनले घेरेर बनाएको टहरासमेत आगलागी भएर बिल्लिबाठ भएकी उक्त महिलाका लागि वडामा जम्मा भएको सहयोग रकमसमेत वडाध्यक्ष चन्द्रबहादुर खड्काले सोही कार्यक्रममा पीडित महिलालाई प्रदान गरेका छन्।