
लुम्बिनी विकास बैंकले जैसिदेवल युथ क्लबले आयोजना गर्न लागेको प्रदेशस्तरीय तेस्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा सहभागीलाई टिसर्ट हस्तान्तरण गरेको छ । बैंकले खेलाडी, प्रशिक्षक, निर्णायक र अफिसियल तथा क्लबका पदाधिकारीहरूलाई टिसर्ट हस्तान्तरण गरेको छ । क्लबका अध्यक्ष राजेश प्रजापतिलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले सो टिसर्ट हस्तान्तरण गरेका हुन् ।
बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम् प्रविधिसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकहरूलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा ‘मासिक’ रूपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणादेखि दश गुणासम्म हुने विशेष योजनासमेत कार्यान्वयनमा ल्याएको छ ।