मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ ९ सोमबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ ९ सोमबार १९:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वास्थ्य बिमाकाे समस्या समाधानका लागि पहल गर्छौँ : स्वास्थ्यमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ९ सोमबार १९:४२:oo

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले गुणस्तरीय र निःशुल्क स्वास्थ्य सेवा विस्तारका लागि स्वास्थ्य बिमामा देखिएका समस्या समाधानको पहल गरिने बताएका छन्। 

विपन्नहरूसम्म स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन स्वास्थ्य बिमाको विकल्प नरहेकोले बिमाको गुणस्तर सुधारका लागि अध्ययन भइरहेको मन्त्री गिरीले बताएका हुन्।

सोमबार स्वास्थ्य पत्रकारहरूसँग गरिएको अन्तर्क्रिया कार्यक्रममा मन्त्री गिरीले स्वास्थ्य बिमाको गुणस्तर सुधार गरी पूर्णतया कार्यान्वयनमा ल्याउने बताए। 

‘बिमा कार्यक्रम कार्यान्वयन गर्नुपर्छ। कार्यान्वयन नगर्ने छुट छैन। बिमाको दायरालाई अझ फराकिलो बनाएर लैजानुपर्छ। तब मात्र गरिब तथा विपन्न नागरिकले स्वास्थ्य सेवा पाउँछन,’ उनले भने। 

योसँगै सबै पालिका, प्रदेश र केन्द्रमा बनिरहेका पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनमा प्रतिबद्धता जनाएका हुन्। यस्तै, स्वास्थ्यमा भइरहेका नीतिगत भ्रष्टाचारमा आफ्नो सहनशीलता शून्य रहेको जनाउँदै कुनै पनि किसिमको भ्रष्टाचार आफूलाई स्वीकार्य नहुने बताएका छन्।

‘मेरो कार्यकालमा स्वास्थ्यमा नीतिगत भ्रष्टाचारको कुनै गुन्जायस हुन दिने छैन। जनताले रगत पसिना बगाएर प्राप्त भएको राजस्वको दुरुपयोग गर्न दिन्नँ,’ उनले भने। 

गिरी स्वास्थ्यमन्त्रीमा नियुक्त भएपछि स्वास्थ्य पत्रकार मञ्चले परिचयात्मक तथा अन्तर्क्रिया कार्यक्रम गरेर स्वास्थ्यमा भइरहेको बेथितिबारे मन्त्रीलाई अवगत गराएका थिए।