मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १९ आइतबार
  • Sunday, 02 April, 2023
नयाँ पत्रिका काठमाडौ‌
२०७९ माघ ९ सोमबार १७:५९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसले पायो प्रमुख विपक्षी दलको मान्यता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौ‌
२०७९ माघ ९ सोमबार १७:५९:००

संघीय संसद् सचिवालयले कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ।

सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेख्दै संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको हैसियतमा सेवा-सुविधा प्राप्त हुने जानकारी गराएको छ। 

यसअघि कांग्रेसले संसद् सचिवालयमा पार्टीलाई विपक्षी दलको मान्यता दिँदै संसदीय दलका नेताले कानुनबमाेजिम पाउनुपर्ने सेवा-सुविधा उपलब्ध गराउन पत्र पठाएको थियो। सरकारलाई विश्वासको मत दिएपछि कांग्रेसले प्रमुख प्रतिपक्ष दलकाे हैसियत गुमाएकाे बहस उठिरहेकाे छ।