मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ ९ सोमबार ११:०८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दरम खोला हाइड्रोको सेयर लक्ष्मी क्यापिटलले निष्कासन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ ९ सोमबार ११:०८:००

दरम खोला हाइड्रो इनर्जी लिमिटेडले साधारण सेयर जारी गर्नका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले एक सय रुपैयाँका दरले ३९ करोड ५० लाख रुपैयाँबराबरको ३९ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्न लागेको हो । 

सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र दरम खोला हाइड्रो इनर्जी लिमिटेडका अध्यक्ष नरबहादुर पुनले हस्ताक्षर गरेको जनाइएको छ । 

दरम खोला हाइड्रो इनर्जी लिमिटेडको बाग्लुङको गलकोट नगरपालिकामा निर्माणाधीन ९.६ मेगावाट क्षमताकोे जलविद्युत् आयोजनाको ८० प्रतिशत कार्य सम्पन्न भइसकेको जनाइएको छ ।