Skip This
बजेटरी सहायता बढाउन विश्व बैंकसँग अर्थमन्त्रीको आग्रह
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ६ शुक्रबार
  • Saturday, 27 July, 2024
फाइल तस्बिर
रासस काठमाडौँ
२o७९ माघ ६ शुक्रबार १७:३६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बजेटरी सहायता बढाउन विश्व बैंकसँग अर्थमन्त्रीको आग्रह

Read Time : < 1 मिनेट
रासस, काठमाडौँ
नयाँ पत्रिका
२o७९ माघ ६ शुक्रबार १७:३६:oo

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व बैङ्कलाई आग्रह गरेका छन् । माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका देशीय निर्देशक फारिस हदाद जार्भोससहितको प्रतिनिधिमण्डलसँग औपचारिक भेटवार्ता गर्दै अर्थमन्त्री पौडेलले बजेटरी सहायताको दायरा बढाउन आग्रह गरे ।

चालु आर्थिक वर्षमा विश्व बैङ्कबाट बजेटरी सहायता प्राप्त हुने गरी स्रोत सुनिश्चितता भएका योजना तथा कार्यक्रमका लागि आवश्यक पूर्वकार्य पूरा गर्न अर्थ मन्त्रालयले प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि पौडेलले जनाए । आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि सरकारले आवस्यक पहल गर्ने प्रतिबद्धता जनाएको अर्थ मन्त्रालयले जनाएको छ । 

‘विश्व बैङ्कको सहायतामा सञ्चालित आयोजनामा देखिएका समस्याको कारण पहिचान गरी समाधान गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले कमजोरी र गुनासा नआओस् भन्नेतर्फ आफूले ध्यान दिएको बताउनुभएको छ,’ पौडेलको सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएको छ ।

विभिन्न क्षेत्रमा विश्व बैङ्कले गरेको सहयोगको प्रशंसा गर्दै अर्थमन्त्री पौडेलले माथिल्लो अरुण, ग्रामीण सडकलगायतका आयोजना नेपालको प्राथमिकतामा रहेको जानकारी गराए । विश्व बैङ्कसँगको सम्बन्ध अझ घनिष्ठ हुने र सहकार्यले थप उचाइ लिने विश्वास व्यक्त गर्दै पौडेलले आयोजना सफल बनाउन राजनीतिक नेतृत्वको सहयोग हुने बताए ।

विश्व बैङ्कका देशीय निर्देशक फारिस हदाद जर्भोसले अर्थमन्त्री पौडेलको कार्यशैलीप्रति आफू जानकार र प्रभावित रहेको उल्लेख गर्दै विश्व बैङ्कको सहायतामा सञ्चालित आयोजना प्राथमिकतामा पर्ने विश्वास व्यक्त गरे । उनले विश्व बैङ्कको सहायतामा सञ्चलित आयोजनामा देखापरेका समस्या समाधानका लागि सहजीकरण गर्न उपप्रधान एवं अर्थमन्त्री पौडेललाई आग्रह गरेका छन् ।