
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरेका छन् । बिहीबार बिहान महाराजगन्जस्थित टिचिङ अस्पताल पुगेर उनले दुर्घटनामा ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरेका हुन् ।
प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै शव पहिचानको काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न निर्देशन दिए । त्यसका लागि सरकारको तर्फबाट आवश्यक सहयोग माग्न पनि उनले अस्पतालका पदाधिकारीलाई आग्रह गरे ।
सो क्रममा प्रधानमन्त्री प्रचण्डले पहिचानका लागि राखिएका शवको निरीक्षण गर्नुका साथै मृतकका आफन्तसँग भेटघाट गरेका हुन् । परिवारप्रति समवेदना प्रकट गर्दै उनले शव बुझाउने प्रक्रिया तीव्र बनाउन आफूले निर्देशन र आवश्यक सहयोगका लागि भनेको जानकारी गराए ।