मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ माघ १ आइतबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ १ आइतबार o८:५७:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सुविन र दिलशा च्याम्पियन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १ आइतबार o८:५७:oo

सुविन श्रेष्ठ र दिलशा रानाले इनास अपी स्पोर्टस् जुनियर ब्याडमिन्टन च्याम्पियनसिपमा उपाधि जितेका छन् । यू–१५ छात्रतर्फको उपाधि भिडन्तमा विभागीय टोली त्रिभुवन आर्मीका सुविनले धादिङका अश्विन मगरलाई २१–१५, २१–१२ को सोझो सेटमा हराएका थिए ।

सूर्यदर्शनका अमन डंगोल र आर्मीका सुदेश राजकोटीले संयुक्त रूपमा तेस्रो स्थान प्राप्त गरे । छात्रातर्फ कास्कीकी दिलशाले आर्मीकी रिहाना शेरचनलाई २१–१०, २१–१९ मा पराजित गरिन् । छात्रातर्फ स्वर्लिन श्रेष्ठ र टिसारानी शाक्यले संयुक्त रूपमा तेस्रो स्थान हासिल गरे ।

च्याम्पियनसिपको यू–१३ छात्रतर्फ कैलालीका शिशिर रानाले उपाधि हात पारेका थिए । शिशिरले तनहुँका सफल भुजेललाई २१–१४, २२–२० को सोझो सेटमा हराए । सुहम कार्की र रिषभ राईले संयुक्त रूपमा तेस्रो स्थान हासिल गरे । छात्रातर्फ आर्मीकी रिहान शेरचनले आर्मीकै सम्बृद्धि श्रेष्ठलाई २१–१३, २१–७ ले पराजित गर्दै उपाधि उचालिन् । स्वर्लिन श्रेष्ठ र टिसारानी शाक्य तेस्रो भएका छन् ।